काठमाडौं, मैत्रीपूर्ण विश्वकप फुटबल खेलमा अजेर्टिनाले हाइटीलाई ४–० गोलअन्तरले पराजित गरेको छ । अजेन्र्टिनाको जितमा स्टार फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेका छन् ।
अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्स स्थित ला बोम्बोनेरा रङगशालामा भएको खेलमा मेस्सीले १७ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । जियोभानी लो सेल्सोलाई लडाएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।
दोस्रो हाफको ५८ औं मिनेटमा लो सेल्सोले गरेको प्रहार विपक्षी गोल किपर जोनी ब्लेसाइडले रोकेपनि मेस्सीले त्यसलाई सहजै ट्याप गर्दै अर्जे्न्टिनाको अग्रता दोब्बर पार्न सफल वने । ६६ औं मिनेटमा पुनः गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गरेका हुन् । दोस्रो हाफमा गोन्जोलो हिगुएनको स्थानमा मैदान प्रवेश गरेका सर्जियो अगुएरोले ६८ औं मिनेटमा मेस्सीको पासमा गोल गर्दै अजेन्र्टिनालाई चौथो गोल दिलाउदै जीत सुनिश्चित गरे ।
अर्जेन्टिनाले पुनः ९ जुनमा अर्को मैत्रीपूर्ण खेलमा इजरायलको सामना गर्नेछ । विश्व कपको समूह डीमा आइसल्याण्ड, क्रोएसिया र नाइजेरियासँग रहेको अजेन्र्टिनाले पहिलो खेलमा जुन १६ का दिन आइसल्याण्डको सामना गर्नेछ ।








