कार्तिक २२,२०८२ / १० : १२ अपरान्ह / 2025-11-08 10:12 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मैत्री पूर्ण खेलमा फ्रान्स विजयी

      - ७ वर्ष अगाडि
      जेष्ठ १५,२०७५

      काठमाडौं, विश्वकप अन्तर्गतको मैत्रीपूर्ण खेलमा फ्रान्सले आयरल्यान्डलाई २–० गोल अन्तरले पराजीत गरेको छ । 

      जुन १४ तारीखदेखी सुरु हुने फिफा विश्वकप २०१८को दावेदारको रुपमा लिन गरीन्छ भने उता आयरल्याण्ड भने विश्व कपका लागि टनोट हुन असफल भएका थिए । फ्रान्सले मैत्रीपूर्ण खेलमा केही नियमित खेलाडीहरुलाई मात्र सुरुवाती ११ मा समेटेको थियो ।
      फ्रान्सका लागि ४० औं मिनेटमा ओलिभर जिरुले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो गोल पछिको ३ मिनेट वित्न नपाउदै फ्रान्सका अर्का खेलाडी नबिल फेकिरले पुनः दोस्रो गोल गर्दै टोलकिो जित सुनिश्चित गरेको थियो । फ्रान्सका स्टार एन्टोनी ग्रिजम्यान, पल पोग्बा, ह्युगो लोरिस र एन्गोलो कान्टे बेन्चमै रहेका थिए भने च्याम्पियन्स लिग विजेता राफायल भरान टोलीमै अटाएका छैनन् । 

      तर अर्को मैत्रिपूर्ण खेलमा भरान सुरुवाती ११ मै फर्किने अनुमान देखिन्छ । यसपछि भने फ्रान्सले जुन २ मा इटालीसँग मैत्रिपूर्ण खेल खेल्नेछ भने जुन १० मा अमेरिकासँग खेल खेल्ने छ । विश्वकपमा समूह ‘सी’ मा डेनमार्क, अष्ट्रेलिया र पेरुसँग फ्रान्स रहेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d