चैत ३,२०८२ / ०४ : २६ अपरान्ह / 2026-03-17 04:26 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जना पक्राउ

      - ७ वर्ष अगाडि
      जेष्ठ १५,२०७५

      काठमाडौं, इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ । 

      मंगलबार बिहान गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठलगायतलाई काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बेटिङमा संलग्न भएको आरोपमा अञ्जनसहित ६ पक्राउ परेको पुष्टि गरे । 

      यसअघि म्याच फिक्सिङको आरोपमा केसीसहित ५ जना २०७२ कात्र्तिकमा पक्राउ परेका थिए । सबै जना धरौटीमा छुटेपनि मुद्दा टुंगिएको अझै टुङिगएको छैन । केसीविरुद्ध विशेष अदालतमा नेपाली फुटबलको म्याच फिक्सिङ मुद्दा विचाराधीन अवस्थामा रहेको छ । पक्राउ परेकाहरूको साथबाट जुवा खेलाउन प्रयोग भएको मोबाइल, ल्यापटप र नगद बरामद भएको छ । 

      उनीहरूमाथि जुवा ऐन र ठगी अन्तरगत मुद्दा चल्ने प्रहरीले जनाएको छ । उनीहरुले अन्तराष्ट्रिय गिरोहको सहयोगमा करोडौंको बाजी समेत लगाएको प्रहरीको भनाइ छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d