चैत ३,२०८२ / ०४ : २५ अपरान्ह / 2026-03-17 04:25 pm
      • param ad
      • furniture
      • veera Incorporation

      च्याम्पियन्स लिगको उपाधी जित्यो रियल म्यड्रिडले

      - ७ वर्ष अगाडि
      जेष्ठ १३,२०७५

      काठमाडौं, गएराती भएको च्याम्पियन्स लिग अन्तर्गतको फाईनल खेलमा रियल म्याड्रिडले लिभरपुललाई ३–१ गेलअन्तरले हराएको छ । 
      लिभरपुलका गोलकिपर लोरिस क्यारियसको दुई गल्तीका कारण च्याम्पियन्स लिगको फाईनल रियलम्यड्रिडले जितेको हो । रियलको यो जितसंगै लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि हो । पहिलो हाफमा लिभरपुलका मुख्य खेलाडी मोहम्मद सलाहलाई चोटका कारण मैदानवा वाहीरीनु परेको थियो । 
      विश्व कप नजिकिंदै गर्दा इन्जिप्टका स्ट्राइकर सलाहको यो चोट निकै घातक वन्न सक्ने दर्शकाका अनुमान रहेको छ । पहिलो हाफको ४२ औं मिनेटमा बेन्जेमाले गोल गरेता पनि रेफ्रीले उक्त गोललाई अफसाइड घोषण गरेका थिए । 

      रोनाल्डोको हेडर लाई लिभरपुलका गोल रक्षक क्यारिसले रोकेपछि रिबाउन्डमा बेन्जेमाको प्रहार अफसाइड हुन पुग्यो । खेलको ३६ औं मिनेटमा रियलका फुल ब्याक ड्यानी कार्बाहाल पनि चोट कै कारण मैदान वाहीरीए । पहिलो हाफ बराबरी भएपछि दोस्रो हाफमा लिभरपुल गोलकिपर क्यारियसको असाधारण गल्तीका कारण लिभरपुल खेलमा पछि पर्न वाध्य भए । 

      क्यारियसले हातले पास दिने क्रममा बेन्जेमाले उनको पासलाई ब्लक गर्ने क्रममा ५० औं मिनेटमा अनौठो गोल गोल हुन पुग्यो । लिभरपुलले कर्नरमार्फत ५५ औं मिनेटमा बराबरी गर्यो । 

      लोभ्रेनले हेड गरेपछि पाएको बललाई मानेले गोलमा परिणत गर्न सफल वने ।
      दोस्रो हाफमा इसकोको स्थानमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले ६३ औं मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाए । 

      लिभरपुलका लागि मानेले ७० औं मिनेटमा गोल गर्ने प्रयास गरेपनि उनको प्रहार फार पोस्टमा लाग्दै बाहिरियो । 

      लिभरपुलले पुनः क्यारियासको गल्तीमा ८३ औं मिनेटमा अर्को गोलको सामना गर्नु पर्यो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d