काठमाडौं, विश्व प्रशिद्ध ६३ औ च्याम्पियन्स लिग अन्तर्गतको फाईनल खेल आज हुदैछ ।
युरोपीयन मुलुकका दुई लोकप्रिय क्लव रियल म्यड्रिड र लिभरपुलविच नेपाली समयानुसार खेल रातको १२ः३० वजे सुरु हुनेछ । उक्त लिगको फाइनल खेल युकरेनको राजधानी किभ स्थित ओलम्पिक स्टेडियममा हुन लागेको हो ।
यसअघि लिभरपुलले पाँच पटक सम्म युरोपियन कपको उपाधि उचालेको छ भने रियल म्याड्रिडले कीर्तिमानी कायम गर्दै १२ पटक सम्म लिगको उपाधि जितेको छ । यसअघिका दुई सिजनमा च्याम्पियन्स लिगको उपाधि जितेको रियल पहिलो पटक लगातार तीन उपाधि जित्ने टोली बन्ने प्रयासमा रहेको देखिन्छ । लिभरपुलले भने ११ वर्ष पछिको संघर्षमा पहिलो पटक लिगको फाइनल खेलमा प्रतिस्पर्धा गर्दैछ ।
लिभरपुलका प्रशिक्षक यर्गन क्लपले रियलको टोली बलियो भएपनि लिभरपुल फाइनल जित्न तयार रहेको बताएका छन् । खेल अघिको प्री म्याच कन्फरेन्समा बोल्दै क्लपले रियल म्याड्रिडको टिमको तुलनाममा लिभरपुलको टोली कमजोर भएता पनि पछिल्लो केहि समयको तुलनामा फिट्नेसले लिभरपुल टोलीलाई समस्या भने नभएको वताए ।
फाइनलमा भने लिभरपुलका एलेक्स ओक्सलेड च्याम्बरलेन, जो गोमेज र जोएल म्याटिप चोटका कारण मैदान बाहीर रहनेछन् तर एमरे च्यान भने मैदान प्रवेश गर्न सक्ने छाँटकाँट देखिन्छ । उता रियल मड्रिडको टोलीलाई भने कुनै पनि चोटको समस्या देखिएको छैन ।
रियलका सर्वश्रेष्ठ प्रशिक्षक जिनेदिन जिदान भने रियल केही दबाबमा रहेपनि नतिजा आफ्नो पक्षमा पार्ने बताईरहेका छन् । तर लिभरपुल यो सिजनको च्याम्पियन्स लिगमा राम्रो लयमा रहेको छ ।
लिभरपुलले यो सिजनको प्रतियोगितामा ४६ गोल गर्दै एकै सिजनमा सर्वाधिक गोल गर्ने टोलीको रुपमा कीर्तिमानी जमाईसकेका छन् ।








