चैत ३,२०८२ / ०४ : २५ अपरान्ह / 2026-03-17 04:25 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आईपीएलको ११ औं संस्करणको फाइनल सनराइजर्स र सुपरकिङ्सबीच

      - ७ वर्ष अगाडि
      जेष्ठ १२,२०७५

      काठमाण्डौ । इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा सनराइजर्स हैदरावाद र चेन्नाई सुपरकिंग्सबीच प्रतिस्पर्धा हुने भएको छ । 

      शुक्रबार राति भएको खेलमा सनराइजर्सले कोलकता नाइट राइडर्सलाई पराजित गरेर फाइनमा पुगेपछि दुई टिमबीचको भिडन्त पक्का भएको हो । 

      यस अघि पहिलो क्वालिफायरमा सनराइजर्सलाई नै पराजित गर्दै चेन्नई फाइनलमा पुगेको हो । चेन्नईसँग पराजित भए पनि अन्तिम मौकाको सदुपयोग गर्दै सनराइजर्स पुनः फाइनलमा पुग्न सफल भएको हो । 

      गएराति भएको खेलमा कोलकातालाई १३ रनले हराउँदै हैदरावादले उपाधिका लागि चेन्नाई सुपरकिंग्ससँगको भिडन्त पक्का गरेको हो ।

      हैदरावादले दिएको १७५ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धा्रित २० ओभरमा ९ विकेटको क्षतिमा १६१ रन मात्र बनाउन सक्यो । हैदरावादका राशिद खानले ३ विकेट लिए । उनलाई प्लेयर अफ दि म्याच अवार्ड दिइयो ।

      यसअघि टस हारेर व्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रन बनाएको थियो ।

      कोलकाताका ओपनर क्रिस लिनले जारी सिजनमा आफ्नो चौथो अर्धशतक बनाउन चुके । उनलाई ४८ रनको स्कोरमा राशिद खानले बोल्ड गरे ।

      सुनिल नरेनले १३ बलमा २६ रन बनाए । उनलाई सिद्धार्थ कोलले कार्लोस ब्रेथवेटको हातबाट क्याच आउट गरे । नितिश राणालाई २२ रनमा रिद्धिमान साहले रनआउट गरे ।

      कप्तान दिनेश कार्तिकले ६ बलमा ८ रन बनाएर शाकिब अल हसनको बलमा बोल्ड भए ।

      सनराइजर्स हैदरावादले अन्तिम ११ बलमा ३६ रन जोडेको थियो । यसमा राशिद खानले १० बलमा ३४ रन योगदान गरे । राशिदले २ चौका र ४ छक्का प्रहार गरे । राशिद खान र भुवनेश्वर नटआउट रहे ।

      आईपीएलको ११ औं संस्करणको फाइनल भिडन्त आइतबार हुने छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d