चैत ३,२०८२ / ०४ : २६ अपरान्ह / 2026-03-17 04:26 pm
      • param ad
      • furniture
      • veera Incorporation

      दियो जस्तै दिपक : ३ सय रुपैयाँ चोरेर सुरु भएको खेल यात्रा

      - ७ वर्ष अगाडि
      जेष्ठ ११,२०७५

      काठमाडौं, नेपाली ते–क्वान्दो खेल ईतिहाँसमा ऐतिहासीक कीर्तिमान कमाएका पूर्व ते–क्वान्दो खेलाडी दिपक विष्टलाई नचिन्ने कमै मात्र होला । ते–क्वन्दो खेल एक शारीरीक तथा मानसिक रुपले सक्रिय भई खेलिने खेल हो । 

      नेपाली ते–क्वान्दो खेल ईतिहाँसमा दिपकले दिएको योगदान राष्ट्रिय तथा दक्षिण एसियामा नै अनमोल रहेको छ । विष्टको जन्म सन् १९७६ को जुलाई २ मा पिता महाविर विष्ट र माता कलावति विष्टको कोखवाट महाकाली अञ्चलको कञ्चनपुर जिल्ला राईक्वर विचवा गाउँपालीकामा भएको हो । उनको बाल्यकाल गाउँले जीवनमा नै वितेको थियो । विष्ट मिहिनेती र लगनशिल भएतापनि उनलाई सुरुवाती समयमा खेल जीवनमा प्रवेश गर्न निकै कठिन  थियो ।  

      विष्टले सन् २००८ मा ग्रीष्म ओलम्पिकमा भाग लिए । अगस्ट ८, २००८ मा बेइजिङ ओलम्पिकमा उनी नेपाली ध्वजाबाहक वने । दिपकले चार पटकसम्म दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जिती नेपालीको कीर्तिमान कमाए । उनले एसएलसीसम्मको अध्ययन श्री बिणा मा.बि. बाट गरे । ते–क्वान्दो खेलमा भन्दा भलिबल खेलमा विष्टको अभिरुचि थियो । भलिवलमा पनि दिपकको  राम्रो प्रदर्शन रहन्थ्यो । उनको बा–आमाको सपना भने दिपकलाई इन्जिनियरीङ शिक्षा दिलार्ई ठूलो मान्छे वनाउने थियो । त्यसै अनुरुप दिपकलाई पढाइको सट्टा खेलमा ध्यान दिए सजाय समेत वाआमाले दिन्थे । यसै सिलसिलामा उनका बा आमाले उनलाई महेन्द्रनगरको सिद्धनाथ साइन्स क्याम्पसमा भर्ना गरि दिए । तर उनको विशाल रुचि भने भलिबल खेलमा नै रहेको थियो । भलिवल खेलको दौडान आफ्नो सहकर्मीको कारण खेल हारेपछि दिपकले एकल खेल खेल्ने निर्णय गरे । 

      ते–क्वान्दो प्रवेश....

      एकल खेल खेल्ने बिचारपछि उनलाई खेल छान्न निकै कठिन भयो । तर प्रशिक्षक गोबिन्द बिष्ट र साथी केशब भट्टको सल्लाहमा विष्टले ते–क्वान्दो खेल नै रोजे । उनका बा–आमाले भने विष्टलाई कहिल्यै खेल्न दिदैनथे । जुनवेला विष्टको ते–क्वान्दो खेलको सुरुवाति अवस्था थियो । त्यो समयमा दिपकलाई ते–क्वान्दो सिक्न रु ३०० आवश्यक परेको थियो । उनले आवश्यकता परिपुर्तिका लागि काका डम्बर बिष्टको स्कूलबाट रु.३०० रूपैया चोरी धनगढी डोजाङमा भर्ना भए । विष्टको खेल जीबनको सुरुवात निकै कष्टकरमा अडेको थियो । बाआमाको सहयोग बिना खेल्न थालेका विष्टले नाङ्गो खुट्टा, बिना प्याड र ट्रयाक सुट लगाएर खेल्न सुरु गरे  ।

      तर २ महिनामै दिपकले एल्लो बेल्टको ग्रेडिङ पास गर्न सफल भए । उनले सन् १९९६ मा हेटौडामा सम्पन्न राष्ट्रिय प्रतियोगितामा ब्ल्याक बेल्ट खेलाडी लाई जिते पछि उनको ते–क्वान्दो खेलमा नयाँ आयाम थपिन पुग्यो । त्यसपछि  दिपकले राष्ट्रिय प्रतियोगितामा कहिले पनि हार वेहोरेनन् । लगातार खेल सुरुवातको दुई महिनामै सफलता हात पारे पनि  बाआमालाई उनको खेल पटकै मन परेन । तर उनको आमाले भने उनलाई दुध र चना डाइटको रूपमा खान दिन्थिन् । 

      बिष्टलाई अन्तराष्ट्रिय प्रतियोगितामा खेल्ने, जित्ने र अरु खेलाडीहरु  (आलोक राना, संगीना वैद्य, बिधान लामा) जस्तो सफल खेलाडी वन्ने इच्छा जाग्यो । जसका लागि काठमाडौ नआई सम्भब थिएन । खेलमा पाएको सफलता पछि विष्टलाई आफ्नो अविभावकहरुले पनि सफलताको सुभकामना संगै साथ दिन थाले । 

      काठमाडौँ यात्रा

      बाआमाको बिना सहयोग काठमाडौ आउन सम्भव भने थिएन । तर विष्टलाई कुनै हालतमा काठमाडौ जानु थियो । उनले एक बस चालक र खलासीलाई साथी बनाए र सित्तैमा काठमाडौ छिर्न टिकट पाए । उपत्यका प्रवेश गरे पस्चात विष्टले काठमाडौमा रहेको नेपाल मानबिकी क्याम्पसको प्रबेश परीक्षा पास गरे । प्रबेश परीक्षा पास गरेकै कारण दिपकका बाआमाले उनलाई काठमाडौ पुनः पठाए । 

      विष्टको काका खड्ग बिष्टको मासिक रु १५०० सहयोगमा उनी दशरथ रङ्गशालाको डोजाङमा भर्ना भए र पढाइलाई पनि सङ्गै अघि बढाए । पछि आफ्नो अध्ययन,खेल तालिम साथै स्कुलमा आफ्नो खर्च जुटाउन दिपकले शिक्षण पेशा पनि सुरु गरे ।

      दक्षिण एसियाली खेल यात्रा

      राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हुने प्रतियोगितामा ऐतिहासिक सफलता र जितलाई लक्ष्य वनाएका दिपक आफ्नो वढ्दो उमेर र चोट पटकका कारण कति औं पटक पिडामा परे तर उनले ति सवै पिडालाई विर्सदै नेपाललाई कयौं पदक दिलाए ।

      तिनै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा उच्च पदक दिलाउदै विष्टले आफुलाई नेपालको सर्वा्धिक सफल खेलाडीका रुपमा प्रमाणित गरे । उनले सफल खेल जीवनको दौरानमा सन् १९९६ मा दोस्रो सेति  अन्तराष्ट्रिय साग लेवल तथा दोस्रो कोसी अन्तराष्ट्रिय खेल खेले । दुवै प्रतियोगितामाम उनले गोल्ड मेडल प्राप्त गरे ।  विष्ट हङकङमा सम्पन्न १३ औ विश्व तेक्वान्दो च्याम्पियनसिप खेल मा सहभागी भए ।  दिपक थाईल्याण्डमा सन् १९९८ मा सम्पन्न  १३ औं दक्षिण एसियाली खेलमा सहभागी भई क्वाटर फाईनल सम्म पुगे । उनले सन् १९९९ मा काठमाडौमा सम्पन्न ८ औ दक्षिण एसियाली खेलमा नेपाललाई गोल्ड मेडल दिलाए । त्यसै गरी सन् २००० मा सिड्नीमा हुने विश्व ओलम्पिक छनौट खेलका लागि  उनी क्रोएसियामा सम्पन्न खेलमा सहभागी भए । उनी सन् २००० मा सिड्निमा सम्पन्न र सन् १९९९ मा फिलिपिन्समा सम्पन्न  एसियन क्षेत्रीय ओलम्पिक छनौट  खेलमा  तेस्रो भए । 

      साथै सन् २००० मा हङकङमा सम्पन्न १४ औं एसियन तेक्वन्दो च्याम्पियनसिपमा सहभागी भए । दिपक सन् २००२ मा अमेरिकामा सम्पन्न सातौ वल्ड युनिभरसिटी तेक्वन्दो च्याम्पियनसिप खेलको क्वाटर फाईनलमा समेत पुगे । उनले सन् २००२ मा दक्षिण कोरियामा सम्पन्न  १४ औं एसियाली खेलकुद प्रतियोगितामा कास्य पदक  प्राप्त गरे । दपिकले सन् २००४ मा  विश्व फ्रान्सको ओलम्पिक छनौट खेलमा भाग लिए । विष्टले थाईलेण्डमा सन् २००४ मा सम्पन्न  एसियन क्षेत्रिय ओलम्पिक छनौट खेलमा क्वाटर फाईनल सम्म पुगे । सन् २००४ मा पाकिस्तानमा सम्पन्न भएको ९ औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा गोल्ड मेडल पाए । साथै सन् २००५ मा अमेरिकामा सम्पन्न गभर्नर कप तेक्वान्दो च्याम्पियनसिप मा गोल्ड मेडल प्राप्त गरे । सन् २००५ मा नै अमेरिकामा  मा सम्पन्न प्लेयरर्स कप तेक्वान्दो च्याम्पियनसिप मा विष्टले गोल्ड मेडल हात पारे । 

      सन् २००६ मा थाईल्याण्डमा सम्पन्न १७ औ एसियन तेक्वान्दो च्याम्पियनसिपमा क्वाटरफाईनलिस्ट भए । त्यसै गरी सन् २००६ मा  श्रीलङकामा सम्पन्न १० औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा गोल्ड मेडल प्राप्त गरे । साथै सन् २००६ मा कतारमा सम्पन्न १५  औ एसियन खेलकुद प्रतियोगितामा कास्य पदक  प्राप्त गरे ।  सन् २००७ मा कोरियामा दक्षिण कोरियामा सम्पन्न फस्ट वल्ड टि.के.डी एक्स्पो च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरे । सन् २००७ मा दक्षिण कोरियामा सम्पन्न चुनस्यन खुल्ला अन्तराष्ट्रिय टि.के.डी च्याम्पियनसिप प्रतियोगितामा भाग लिए । सन् २००७ मा नै दक्षिण कोरियामा सम्पन्न अर्को तेस्रो कोरियन खुल्ला  टि.के.डी च्याम्पियनसिप प्रतियोगितामा कास्य पदक  प्राप्त गरे   । सन् २००७ मा नै भेतनाममा सम्पन्न एसियन क्षेत्रिय तेक्वान्दो टनोट खेलमा छनोट भई कास्य पदक  प्राप्त गरे र सन् २००८ मा हुने वेईजिङ  ओलम्पिक खेलका लागि छनोट  भए । सन् २००८ मा लगातार चिनमा सम्पन्न १८ औ एसियाली तेक्वान्दो च्याम्पियनसिप  र २९ औ वेईजिङ खेलमा भाग लिए । त्यसै गरि सन् २०१० मा बंगलादेश मा सम्पन्न ११ औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरे । 

      विष्टले सन् १९९६ मा हेटाउडामा सम्पन्न चौथो राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेलमा स्वर्ण पदक  प्राप्त गरे । त्यसै गरी सन् १९९६ मा नै काठमाडौमा सम्पन्न हिज म्याजेस्टि किङ गोल्डेन जुविलि न्यासनल तेक्वान्दो च्याम्पियनसिप खेलमा तथा वुटवलमा सम्पन्न सरोज स्मृति खुल्ला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेलमा स्वर्ण पदक हात पारे । साथै सन् १९९७ मा ईलाममा सम्पन्न पाँचौ राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल, सन् १९९९ मा नेपालगञ्जमा सम्पन्न चौथो राष्टिय खेल  र सन् २००१ मा वुटवलमा सम्पन्न पहिलो मेयर राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिप खेलमा क्रमस स्वर्ण पदक प्राप्त गरे । 

      सन् २०१० सालको दक्षिण एसियाली खेलमा स्वर्ण पदक जिते पछि उनको दक्षिण एसियाली खेलमा ४ स्वर्ण पुग्यो ।  यो उनको मात्र नभएर नेपाली कीर्तिमान हो । शुरुका दिनहरू अप्ठ्यारा भएपनि विष्टले दह्रो आत्मबिश्वासका साथ पढाइ र खेललाई संगै अघि बढाए । उनले आफ्नो प्रतिभालाई त तिखारे नै यत्रो खेल जीवनको दौरानमा पनि आफ्नो  पढाइलाई  पनि बि बि एस सम्म पु¥याए । हाल विष्टको  सफलता देखि उनका बा–आमा पनि खुसी भएका छन् । ते क्वान्दोमा एक दशक बिताएका बिष्टले सन् १९९९ मा काठमाडौमा भएको साग खेलमा स्वर्ण जिते, झनै  पाकिस्तानमा  भाचिएको खुट्टाले नेपाललाई स्वर्ण पदक दिलाए । बुसान एसियाडमा काँस्य पदक तथा दोहा एसियाडमा पनि काँस्य पदक नै हात पारे । यो संगै  दुई एसियाडमा पदक जित्ने दिपक पहिलो नेपाली खेलाडी भए । 

      विष्टले सफल खेल जीवनको दौरान दशरथ चन्द्र मेधावी सम्मान २०६७, युबाप्रतिभा तथा खेलकुद सम्मान २०६७, चौथो राष्ट्रिय खेलका सर्वश्रेष्ठ खेलडी पुरस्कार १९९९, त्यसै गरी सुदुरपश्चिममा  वर्षको उत्कृष्ठ खेलाडी अवार्ड १९९९ सुदुरपश्चिमाञ्चलमा सन् २००० मा प्राप्त गरे ।  राजाविरेन्द्र बाट “तेस्रो सुपरबल गोरखा दक्षिण बाहु पुरस्कार, तेस्रो सुविख्यात त्रिशक्ति पत्ता २००३ राजा ज्ञानेन्द्रवाट, उत्कृष्ठ खेलाडी अवार्ड २००३, उत्कृष्ठ खेलाडी अवार्ड २००४, देउडा अवार्ड पश्चिमाञ्चल २००४, तेस्रो सुप्रदिप्त विरेन्द्र प्रजातन्त्र भास्कर अवार्ड २००५,राजदूत शान्ति अवार्ड २००५,देउडा अवार्ड पश्चिमाञ्चल २००६,योगेन्द्र स्मृति ब्रेरी अवार्ड २००६ , नेपाल खेलकुदपत्रकार संघ वाट एल.जि. प्लेयर अफ दि एयर अवार्ड २००६, नेपाल र अन्तर्रा्िष्ट्रय खेलाडी एसोसिएशन (एनएनआईपीए) खेलाडीको वर्ष पुरस्कार २००६, शहीददशरथ चन्द्रमेमोरियल ट्रस्ट अवार्ड २००७, एसियनओलम्पिक छनोट खेलमा सामसुङ व्लु प्यासन अवार्ड २००७, नेपाल खेलकुदपत्रकार संघ वाट एल.जि प्लेयर हफ दि अवार्ड २००७, नेपाल र अन्तराष्ट्रिय खेलाडी एसोसिएशन (एनएनआईपीए) खेलाडीको वर्ष पुरस्कार २००७,दशरथ चन्दअवार्ड २०६७ नामक दर्जनौ अवार्डहरु पाएका थिए भने अन्यदर्जन भन्दा वढि अवार्डहरु पनि प्राप्त गरे ।

      खेलमा जीबन सुम्पेका दिपकले नेपाल खेलकुद परिषदले दिएको प्रशिक्षकको जागीरले गुजारा गरिरहेका छन् । उनी नेपालको यस्तो अवस्था  हुदा हुदै पनि  अरु खेलाडी जस्तो कहिल्यै बिदेश पलायन भने हुन सकेनन् । मातृभक्त भई देशको सेवामा लागिरहेका उनी र हाल सम्म पनि लागि परिरहेका छन् ।

      दिपकले खेलको दौरानमा दशभन्दा बढी देश भ्रमण गरी सकेका छन् । हाल उनी बिभिन्न सङ्घ संस्थामा आबद्ध छन् । त्यति मात्र नभएर उनी राष्ट्रिय टिमका प्रशिक्षक समेत रहेका छन् । केही वर्ष अघि उनले राष्ट्रिय खेलकुदका अध्यक्षको पद समेत सम्हाले । त्यस पस्चात हाल उनी नेपाल तेक्वान्दो संघका सचिव पद सम्हालिरहेका छन् । 

      कीर्तिमानी तेक्वान्दो खेलाडी बिष्टले २०७१ फाल्गुण १७ गते शनिबार सक्रिय खेल जीवनबाट सन्यास लिए । लामो सफलता पूर्ण खेल जीवनवाट दिपकले सन्यास लिएता पनि खेलमा रहदा उनको सहकर्मी तथा सुभचिन्तकहरुले गर्नेे प्रसंसा भने अभैm कायमै छ ।

      अहिले पनि उनी प्रशिक्षकको रुपमा सक्रिय छन् ।

      सन्देश शेर्पा



        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d