जेष्ठ १७,२०८३ / ०२ : ०१ पूर्वान्ह / 2026-05-31 02:01 am
      • param ad
      • furniture
      • veera Incorporation

      स्प्रष्ट शैलीमा साग योजनालाई थप गर्न जीवनराम श्रेष्ठको आग्रह

      - ८ वर्ष अगाडि
      जेष्ठ ११,२०७५

      काठमाडौं, प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई समर्थन गर्दै खेलकुदको पूर्वाधार निर्माणमा फड्को मार्ने विश्वास लिन सकिने बताएका छन् । 

      नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै बिहीबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले राष्ट्रको एकताको आधार खेलकुदको दक्षिण एसियाली खेलकुदको आयोजनालाई स्पष्ट रुपमा थप्न सके राम्रो हुने सुझाव दिए । 

      श्रेष्ठ नै अध्यक्ष रहेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलले सन् २०१९ को मार्चमा नेपालमा १३ औं साग आयोजनाको निर्णय गरेको थियो । यद्दपी दक्षिण एसियाली खेलकुदका लागि पूर्वाधार निर्माण भने सुस्त गतिमा अघि बढेका कारण समयमा साग हुनेमा शंका बढेको छ । 
      राष्ट्रको गौरव बढाउने पदक विजेता खेलाडीलाई आजीविन भत्ता दिने व्यवस्था प्रस्ताव र भौतिक पूर्वाधार निर्माणमा एतिहासिक योजना आएकाले त्यसलाई खेलकुद क्षेत्रले स्वागत गर्ने श्रेष्ठले बताए ।

        सम्बन्धित समाचारहरु