जेष्ठ १७,२०८३ / ०१ : ५९ पूर्वान्ह / 2026-05-31 01:59 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपालले खेल्ने भयो वान डे सिरिज, पहिलो खेल नेदरल्याण्डसँग

      - ८ वर्ष अगाडि
      फाइल तस्विर
      जेष्ठ १०,२०७५

      जेठ १०, काठमाण्डौ । नेपालले नेदरल्याण्ड्ससँग पहिलो वान डे सिरिज खेल्ने भएको छ ।
      क्रिकेट वेवसाइट क्रिकबजले बुधवार उक्त समाचार पोष्ट गर्दै आगामी अगष्ट १ र ३ मा नेदरल्याण्ड्समै उक्त खेल हुने उल्लेख गरेको छ ।
      तर खेल स्थल भने खुलाइएको छ । जुलाई २९ मा लर्ड्समा हुने टी–२० ट्राईसिरिजपछि नेपाल र नेदरल्याण्डबीच खेल हुन लागेको हो । 
      लर्ड्समा नेपालसँगै नेदरल्याण्ड्स र एमसीसीले खेल्नेछ ।

      तर यसबारे नेपालललाई आधिकारिक जानकारी भने आइसकेको छैन । 
      गत मार्चमा पहिलो पटक वानडे इन्टरनेशनल ढओडिआईण स्ट्याटस पाएको थियो । 

      जिम्वावेमा भएको आइसीसी वान डे वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट तीन स्थान हासिल गर्दै नेपालले दुई दशक लामो क्रिकेट इतिहासमा पहिलो पटक ओडिआई स्ट्याटस पाएको हो । उक्त स्ट्याटस चार वर्षको लागि हुनेछ ।

      सोहि क्वालिफायरमा नेपाल र नेदरल्याण्ड्स पछिल्लो पटक भिडेका थिए । सातौँ स्थानको लागि भएको प्लेअफमा भने नेपाल डच टोलीसँग ४५ रनले पराजित भएको थियो ।
      नेपालले सन् २०१६ मा आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको लागि नेदरल्याण्ड्स टुर गरेको थियो । जसमा दुवै टोलीले १–१ खेल जितेका थिए ।


        सम्बन्धित समाचारहरु