काडमाडौं, चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ ।
क्वालिफायर्समा सनराइज हैदराबादलाई मंगलबार २ विकेटले हराउँदै चेन्नई उपाधिको नजिक पुगेको हो । हैदराबादले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य पछ्याएको चेन्नईले १९.१ ओभरमा ८ विकेट गुमाउदै आवश्यक पर्ने रन जोडेका थिए । टोलीका लागि फाफ डु प्लेसिसले अविजित अर्धशतक पुरा गरेका थिए ।
४२ बल खेलेका डु प्लेसिसले ५ चौका र ४ छक्का प्रहार गरे । सुरेश रैनाले २२, सर्दुल ठाुकरले ५ बलमा ३ चौकासहित १५ र दीपक चाहारले १० रन बनाए अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । अम्बाटी रायडु शून्यमा आउट भए भने कप्तान महेन्द्रसिंह धोनी ९, ड्वान ब्राभो ७, रविन्द्र जडेजा ३ रनमा आउट भए ।
हैदराबादका सन्दीप शर्मा, सिद्धार्थ काउल र रसिद खानले समान २र२ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको हैदाराबादले कार्लोस ब्रेथवेटको अविजित ४३ रनका साथ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । २९ बल खेलेका कार्लोसले १ चौका र ४ छक्का प्रहार गरेका थिए ।
कप्तान केन विलियम्सन र युसुफ पठानले समान २४, श्रीभाट्स ग्वस्वामी र सकिब अल हसनले समान १२ रन जोडेका थिए । चेन्नईका लागि ड्वान ब्राभोले २, दीपक चाहार, लुङ्गी एनगिदी, सर्दुल ठाकुर र रविन्द्र जडेजाले समान १ विकेट लिएका थिए । आइपिएलको एलिभिनेटरमा बुधबार कोलकाता नाइट राइजर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
उक्त खेलको विजेताले शुक्रबार फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर्समा हैदाराबादको सामना गर्नेछ । फाइनल खेल आइतबार तय गरीएको छ ।








