काठमाडौं, रसियामा हुन गईरहेको विश्वकपका लागि अर्जेटिनी टिमको अन्तिम खेलाडीहरुको नामावली घोषणा भएको छ ।
जसमा अर्जेन्टिनाका अनुभवी खेलाडीहरुले सहजै रुपमा आफ्नो स्थान सुरक्षित गरेका छन् । विश्वकपका लागि छनोट गरिएको अन्तिम नामावलीमा अर्जेन्टिनाका लियोनल मेसी, सर्जियो अगुइरो, पाउलो डिबाला, गोञ्जालो हिगुइनलगायत २३ खेलाडि समावेश रहेका छन् ।
तर सिरी ए मा इन्टर मिलानबाट खेल्दा सर्वाधिक गोल कर्ता खेलाडी मउरो इकार्डीलाई भने टिममा समावेश गरीएको छैन ।
अर्जेन्टिनाबाट प्रिमियर लिग खेल्ने अगुइरोसँग अरु पाँच खेलाडीले विश्वकपमा स्थान बनाएका छन् । जसमा सिटीका निकोलस ओटामेन्डी, वेष्ट ह्यामका मानुयल लान्जिनी, म्यान युका सर्जियो रोमेरीयो र मार्कोस रोहो, तथा चेल्सीका विली काबालेरो रहेका छन् । अर्जे्न्टिनाले यसपटकको विश्वकपको पहिलो खेलमा आइस्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
समुह डी मा रहेको अर्जेन्टिनाको दोस्रो खेल क्रोयसियासँग र त्यसपछि नाइजेरियासँग हुनेछ ।








