काठमाडौं,दिल्ली डेयर डेभिल्सबाट आइतबार भएको खेलमा ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर ३ विकेट लिए ।
१७५ रनको लक्ष्य पछ्याएको मुम्बईविरुद्ध ओपेनिङ बलिङमै बलिङ गर्न आएका सन्दिपले सूर्यकुमार यादवलाई पवेलियन जान बाध्य बनाए ।
आफ्नो व्यक्तिगत दोस्रोओभरमा अर्थत १० औं ओभरमा बलिङमा आएका उनले पहिलो बलमा किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई पनि पवेलियन फर्काए ।
यसअघि लामो समय प्लेइङ्ग ११ मा नपरेका सन्दिपलाई दिल्लीले ३ वटा खेलमा अवसर दिएको थियो । उनले पहिलो र दोस्रो खेलमा १/१ विकेट लिएका थिए ।
आइतबार भने सबै भन्दा उत्कृष्ट प्रदर्शन गरेर सन्दिप लामिछानेले मुम्बई इण्डियन्सलाई ११ रनले हराएको छ । यो हारसँगै मुम्बई दिल्लीबाट पुन: आफ्नो घर मुम्बई फर्कियो ।
दिल्ली र मुम्बईबीचको प्रतिस्पर्धामा सन्दिपको खेलको तस्वीरहरु हेर्नुस्...............