काठमाडौं , भारतमा जारी आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्गलोरले मुम्बई इण्डियनलाई पराजित गरेको छ। मंगलबार राति भएको रोमाञ्चक खेलमा बैङ्गलोरले मुम्बईलाई १४ रनले पराजित गरेको हो।
बैङ्लोरको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको रोयल च्यालेन्जर्सले निर्धारित २० ओभरमा १ सय ६७ रन बनाएको थियो। उसका लागि ओपनर व्याट्म्यान मनन बोराले सर्वाधिक ४५ रन बनाउँदा बैन्डन म्याकलमले ३७ रनको योगदान दिए भने कप्तान विराट कोहलीले ३२ रन बनाए। त्यस्तै कोलिन २३ रनमा नटआउट रहदा मन्दिप सिंहले १४ रन बनाए।
बैङ्लोरलाई मध्यम स्कोरमा समेटन मुम्बईका हार्दिक पाण्डेयले ३ विकेट लिए। १६८ रनको लक्ष्य सहित मैदानमा आएको मुम्बईले खराब सुरुवात गर्य उसका लागि ओपनर सुर्यकुमार यादवले ९ रन बनाउँदा अर्का ओपनर इसान किसान शुन्यमा आउट भए। हार्दिक पाण्डेयले अर्थशतकिय पारी खेले पनि टिमलाई हारबाट जोगाउन सकेनन्।
उनले ४२ बलको सामना गर्दै ५० रन बनाए। त्यस्तै कुनाल पाण्डे र जेपी डुमिनीले समान २३ रन बनाए भने अन्य कुनै व्याट्म्यानको प्रदर्शन राम्रो रहेन। मुम्बईलाई सस्तैमा समेटन बैङ्लोरका टिम साउदी, उमेश यादव र मोहम्मद शिराजले समान २÷२ विकेट लिए।