काठमाडौं, इन्डियन प्रिमियर लिगअन्तर्गत सोमबार भएको हाइस्कोरिङ खेलमा दिल्ली डेयर डेभिल्स चेन्नई सुपर किंग्ससँग १३ रनले पराजित भएको छ। चेन्नई भने पुनः लिगको शीर्ष स्थानमा उक्लिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नेईले २० ओभरमा चार विकेट गुमाएर २११ रन बनाएको थियो। उत्कृष्ट सुरुवात गरेको चेन्नईका लागि सेन वाटसन र फाफ डुप्लिसिसले पहिलो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए। डुप्लिसिस ३३ रनमा आउट भए पनि वाटनसले विस्फोटक ७८ रन बनाए।
उनले ४० बलमा सात चौका र सात छक्का प्रहार गरेका थिए। यस्तै कप्तान महेन्द्रसिंह धोनीले पनि ५१ रन अर्धशतकीय पारी खेले। उनले २२ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेका थिए। उच्च स्कोरमा पुर्याउने क्रममा अम्बाती राईडुले ४१ रन जोडे। जवाफमा दिल्लीले २० ओभरमा पाँच विकेट गुमाएर १९८ रन बनाएको थियो।
उसका लागि रिसव पन्तले ७९ तथा विजय शंकरले ५४ रन बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन्। फेरि पनि एक पटक दिल्लीका आश गरिएका ब्याटसम्यान म्याक्सवेल चल्न असफल भए। कोलिन मुनरोले २६ र कप्तान श्रेयस् ऐयरले १३ रन थपे । प्रतियोगितामा ८ खेल खेलेको चेन्नेईको १८ अंक छ भने समान खेलबाट ४ अंक बोकेको दिल्ली पुछारमा रहेको छ।