असार ११,२०८२ / १२ : ५० पूर्वान्ह / 2025-06-25 12:50 am
      • param ad
      • furniture
      • veera Incorporation

      पञ्जावलाई १३ रनले पराजित गर्दै , हैदरावाद अंक तालिकाकाे दाेस्राेमा

      - ७ वर्ष अगाडि
      वैशाख १४,२०७५
      काठमाडौं, सनराइजर्स हैदरावादले फेरि एकपटक आफ्नो लो-स्कोरिङ टोटललाई जोगाउन सफल भएपछि किंग्स इलेभन पञ्जाव १३ रनले पराजित भयो। पहिलो ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनायो। जवाफमा पञ्जाव १९ ओभर २ बलमा १ सय १९ रनमा अलआउट भयो।

       हैदरावादको घरेलु मैदानमा भएको खलमा खराव सुरुवातका बाबजुत सनराइजर्सले स्कोरलाई सम्मानजकन अवस्थामा पुर्‍यायो। ओपनर शिखर धवन ११ रनमा पेभिलियन फर्किदा त्यसअघिनै अर्का ओपनर तथा कप्तान केन विलियमसन शुन्य रनमा आउट भए। त्यस्तै रिद्धिमान साहपनि ६ रनमानै पेभिलियन फर्किदा मनिष पाण्डेले सर्वाधिक ५४ रनको अर्धसतकिय पारी खेले त्यस्तै सकिब अल हसनले २८ रन जोड्दा युसुफ पठान २१ रन बनाउन सफल भएका थिए। 

      हैदरावादलाई कम स्कोरमा समेट्ने क्रममा पञ्जावका अंकित राजपुतले ४ ओभर बलिङ गर्दे १४ रन दिएर पाँच विकेट लिएका थिए। १ सय ३३ रनको सामान्य स्कोर पछ्याएको पञ्जावले केएल राहुल र क्रिस गेलको संयमित ओपनीङका बाबजुत जित निकाल्न असफल भयो। पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेपनि बाँकी ६४ रन जोड्दा उसले सबै विकेट गुमायो।

       राहुल ३२ रनमा आउट हुँदा गेल २३ रन बनाएर पेभिलियन फर्किए ।त्यस्तै मांयाक अग्रवाल १२ रन जोड्दा करुण नायर १३ रन बनाउन सफल भए। त्यसपछिका ६ ब्याटसम्यान दोहोरो स्कोर गर्न असफल भए। यद्धपी अन्तिम नम्बरमा ब्याटिङका लागि आएका मुजिव उर रहमानले ५ बलमा २ चौका हान्दै १० रन बनाएर अविजित रहेपनि उनलाई कसैलेपनि साथ नदिंदा पञ्जाव १३ रनले पराजित भयो।

       जितपछि पञ्जावलाई पछि पार्दै हैदरावाद दोस्रो नम्बमा उक्लीयो। पञ्जाव समान १० अंक भएपनि रनरेटमा पञ्जावलाई पछि पारेको हो। हैदरावादक लागि रासिद खानले ३ विकेट लिंदा सकिव अल हसन,सन्दिप शर्मा र बसिल थम्पीले समान २ विकेट लिएका थिए।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d