जेष्ठ १७,२०८३ / ०४ : ५४ अपरान्ह / 2026-05-31 04:54 pm
      • param ad
      • furniture
      • veera Incorporation

      माइभ्याली गोल्डकप ः मनाङ मस्यायाङ्दी सेमिफाइनलमा

      - ८ वर्ष अगाडि
      वैशाख १०,२०७५

      इलाम,  इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मनाङ मस्यायाङ्दी क्लब प्रवेश गरेको छ ।  आयोजक माइभ्याली फुटबल क्लब इलामलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै मनाङ मस्यायाङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

       मनाङले पहिलो मध्याह्नमा गरेको गोल नै निर्णायक बन्यो । ३७ औँ मिनेटमा पाएको फ्रि किकलाई सदुपयोग गर्दै मनाङले अग्रता लिएको थियो । हेमन गुरुङको फ्रि किकलाई नाइजेरियन खेलाडी काचीले हेडमार्फत सानदार गोल गरेका थिए । दुवै टिमले थुप्रै अवसर पाएपनि गोल गर्नबाट चुकेका थिए ।

       मनाङले अब बुधबार हुने त्रिभुवन आर्मी क्लब र सिक्किम युनाइडेटबीचको तेस्रो क्वाटरफाइनलको विजेतासँग शुक्रबार प्रतिष्पर्धा गर्नेछ ।

        सम्बन्धित समाचारहरु