वैशाख १८,२०८३ / ०७ : ३९ अपरान्ह / 2026-05-01 07:39 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आइपीएल : मुम्बईलाई पराजित गर्दै राजस्थानको रोमान्चक जित

      - ८ वर्ष अगाडि
      वैशाख १०,२०७५
      काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपिएल)मा गएराती भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ। राजस्थान मुम्बई इन्डियन्सलाई ३ विकेटले हराउँदै रोमान्चक जित निकाल्न सफल भएको हो।

      टस जितेर पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। १६८ रनको ल्क्ष्य पाएको राजस्थानले १९ ओभर ४ बलमा लक्ष्य पूरा गर्दै सानदार जित निकालेको हो।

      राजस्थानको जितका लागि ३९ बलको सामना गरेका सन्जु सामसनले ५२ रन जोड्दै अर्धशतकिय पारी खेले। बेन स्टोक्सले २७ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४० रन जोडे भने कृष्णप्पा गौतमले ११ बलमा अविजित चार चौका र दुई छक्का हान्दै ३३ रन बनाउँदै जित दिलाए।

      मुम्बईका लागि जसप्रित बुमराह र हार्दिक पाण्ड्याले दुई/दुई विकेट लिएका थिए। यस्तै मिचेल मेक्लेंघन, क्रुणाल पाण्ड्या, मुस्ताफिजुर रहमान एक/एक विकेट झार्न सफल भए।

      योसँगै ६ म्याज खेलेको राजस्थानले तीन म्याचमा जित निकाकाल्दै ६ अंक बनाएको छ भने पाँच म्याच खेलेको मुम्बईले चौथो हारको सामना गर्दै २ अंक मात्र बनाउन सकेको छ।

        सम्बन्धित समाचारहरु