वैशाख १८,२०८३ / ०७ : ४१ अपरान्ह / 2026-05-01 07:41 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आईपीएलमा बेंग्लोर ६ विकेटले विजयी

      - ८ वर्ष अगाडि
      वैशाख ९,२०७५

      काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)मा गएराती भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोर विजयी भएको छ।  बेंग्लोरले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गर्यो।

      टस हारेर पहिले व्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनाएको थियो।

      १ सय ७५ रनको लक्ष्य पछ्याएको बेंग्लोरले २ ओभर बाँकी छँदा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

      बेंग्लोरका एविडी भिलियर्सले नटआउट ३९ बल सामना गर्दै  १० चौका र ५ छक्का प्रहार गरेर ९० रनको योगदान दिए। उनी प्लेयर अफ दि म्याच भए । यस्तै कप्तान विराट कोहलीले ३० रन जोडेका थिए।

      बलिङतर्फ हर्सल पटेल, ग्लेन म्याक्सवेल र ट्रेन्ट बोल्टले एक–एक विकेट लिए।

      उता दिल्लीका रिसब पन्तले ४८ बलकाे सामना गर्दै ६ चौका र ७ छक्का प्रहार गरेर सर्वाधिक ८५ रनको योगदान दिएका थिए। यस्तै श्रेयस ऐयर ४ चौका र ३ छक्काको मद्दतमा ५२ रन बनाएका थिए।

      बलिङतर्फ युजवेन्द्र चहलले २ विकेट लिएका थिए। पाँच म्याच खेलेको बेंग्लोरको यो दोस्रो जित हो। पाँच ओटै म्याच खेलेको दिल्लीले भने चौथो हार व्यहोरेको छ।

      आईपिएलमा आज पनि दुई खेल हुनेछन्। आजको पहिलो खेल सनराइजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स बीच हुने छ। दोस्रो खेलमा राजस्थान रोयल्स र मुम्बई भिड्ने छन्।

        सम्बन्धित समाचारहरु