काठमाडौं, मोहम्मद सलाहले सिजनको ४१ औं गोल गरेका छन् तर, उनको टिम लिभरपुलले पि्रमियर लिगको रेलिगेशन जोनमा रहेको वेष्टब्रोमसँग बराबरी खेलेको छ ।
खेलमा २-० ले पछि परेको वेष्टब्रोमले उत्कष्ट पुनरागमन गर्दै २-२ को बराबरी खेलेको हो ।
वेष्टब्रोमको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले चौथो मिनेटमा नै ड्यानी इन्ग्सको गोलबाट अग्रता लिएको थियो । ७२ औं मिनेटमा सलाहले गोल गरे ।
यो उनको सिजनको ४१ औं र पि्रमियर लिगमा ३१ औं गोल हो ।
तर, ७९ औं मिनेटमा लिभरमोरेले घरेलु टोलीका लागि गोल गरे । निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी छँदा रोन्डनले गोल गर्दै टिमलाई हारबाट जोगाए ।
यद्यपि वेष्टब्रोमको रेलिगेशन खतरा टेको छैन । लिभरपुल ३५ खेलबाट ७१ अंकका सात तेस्रो स्थानमा छ भने पुछारमा रहेको वेष्टब्रोमको मात्र २५ अंक छ ।








