जेष्ठ १२,२०८३ / ०३ : ५६ अपरान्ह / 2026-05-26 03:56 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सिटीले जित्यो इंग्लिस प्रिमियर लिगकाे उपाधि

      - ८ वर्ष अगाडि
      वैशाख ३,२०७५
      सिटीले प्रिमियर लिगमा गत ७ अप्रिलमा युनाइटेड विरुद्ध दूई गोलको अग्रता बनाएपनि रोमाञ्चक पुनरागमन गर्दे युनाइटेडले सिटीलाई ३-२ले पराजित गरेको थियो। त्यसअघि लिभरपुलसँग जारी सिजन दुईपटक सिटी पराजित भयो। च्याम्पियन्स लिगका क्वाटरफाइनलका दुबै लेगमा पराजित भएको सिटी प्रिमियर लिगमा पहिलो हारको स्वाद चाख्नपनि एनफिल्डनै पुग्नु परेको थियो।
       सिटीको २००८ मा जायद अल नाह्यानले सेख मनसोरबाट आफ्नो नाममा ओनरसिप लिएयता ७ वटा उपाधि जितेको छ। जसमा एफ ए कप, दुई वटा लिग कप र एक वटा कम्युनिटी सिल्डको उपाधिरहेको छ। पेप ग्वार्डिओला भने युनाईटेड विजयी भएको हेर्न ब्यग्रतामा थिए। कीनकी पेपलाई आगामी साता आफ्नै मैदानमा हुने प्रतिष्पर्धामा जित निकालेर उपाधि घरमा भित्राउने सोच थियो। तर पेपको उक्त इच्छालाई माउरिन्होले पुरा हुन दिएनन र उपाधि सिटीलाई उपहारका रुपमा दिए।
       यो सँगै ग्वार्डिओलाले करिअरको २४ औं उपाधि आफ्नो नाममा पारे। उनले बार्सिलोना र वार्यनमा हुँदा सर्वाधिक सफल म्यानेजरका रुपमा आफुलाई उभ्याएका छन्। युनाईटेडको अप्रत्यासित हार रेलिगेशन जोनबाट माथि उठन संघर्षरत रहेको वेस्ट ब्रुमलाई युनाईटेडले सहज रुपमा जित निकाल्न सक्छ भने विश्वास गरिएको थियो। तर ७३ औं मिनेटमा रोयि रोड्रिग्वेले युनाईटेडको उपाधि सपनाको अन्त गरेभने आफ्नो टिमको रेलिगेशन संकटमा केहि मलम पटी गरे। 
      जितपछिपनि लिगको पुछारमानै रहेको छ।  वेस्ट ब्रुम ३४ खेलबाट २४ अंक बनाउँदै लिग अंक तालिकाको २० औं अर्थात पुछारमा छ। त्यस्टै एक खेल कम खेलेको स्टोक सिटीको २७ अंक छ भने साउथहेम्टन २८ अंकका साथ रेलिगेशन जोनको पहिलो नम्बरमा रहेको छ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d