जेष्ठ १२,२०८३ / ०३ : ५३ अपरान्ह / 2026-05-26 03:53 pm
      • param ad
      • furniture
      • veera Incorporation

      काठमाडौँ गोल्डेन्सद्वारा अत्तरिया ११ रनले पराजित

      - ८ वर्ष अगाडि
      चैत २१,२०७४
      धनगढी, रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटप्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गोल्डेन्सले सिवाइसी अत्तरियालाई ११ रनले पराजित गरेको छ । 

      कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा काठमाडौँ गोल्डेन्सले टस जितेर ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरको खेलमा काठमाडौँले नौ विकेट गुमाउँदै एक सय ३७ रन बनायो । एक सय ३८ रनको विजय लक्ष्य पछ्याउने क्रममा अत्तरियाले आठ विकेट गुमाउँदै मात्र एक सय २६ रन बनायो ।  

      काठमाडौँ गोल्डेन्सका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५७ रन बनाए । उनले ४३ बलमा तीन छक्का र चार चौका प्रहार गरे । नरेश बुढाऐरले १७ बलमा दुई छक्का र दुई चौकासहित २७ रन बनाए । रशिद खानले नौ बलमा १६ रन बनाए ।  

      बलिङतर्फ सिवाइसी अत्तरियाका शुभांकर उरावले तीन विकेट लिए । कृष्ण कार्की र विपीन चन्द्रले दुई दुई विकेट लिए । यस्तै कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।  जवाफी ब्याटिङका गर्ने क्रममा अत्तरियाले १२८ रन मात्र बनाउन सक्यो । उन्नाइसौँ ओभरमा जीतका लागि १९ रनको आवश्यकता थियो । उन्नाइसौँ ओभरमा अत्तरियाले कुनै रन जोड्न सकेन । सुबोथ भाटीले मेडन विकेट लिए । अन्तिम ओभरमा अत्तरियाले मात्र ६ रन जोड्न सक्यो । अत्तरियाका लागि गौरव चित्काराले २६ बलमा चार छक्का र एक चौकासहित ३६ रन बनाए । विपीनले अविजित रहँदै २४ बलमा दुई छक्का र एक चौकासहित २६ रनको योगदान दिए । शुभांकरले १२ रन बनाए । 

      बलिङतर्फ काठमाडौँ गोल्डेन्सका प्लेयर अफ द म्याच सुबोथले तीन विकेट लिए । उनले चार ओभर बलिङ गर्दै एक मेडन राख्दै १० रन खर्चे । सन्नी पटेल र रशिदले दुई दुई विकेट लिए । शाहव आलमले एक विकेट लिए ।  (तस्वीर संलग्न छ)


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d