वैशाख १८,२०८३ / ०५ : ५३ अपरान्ह / 2026-05-01 05:53 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सुरू भयाे सन्दीपकाे सपनाकाे उडान

      - ८ वर्ष अगाडि
      चैत १३,२०७४

      विश्व क्रिकेटरहरूका लागि सर्वाधिक लोकप्रिय र ठूलो सपनाका रूपमा रहने इन्डियन प्रिमियर लिग (आइपिएल)मा सहभागी हुन सन्दीप लामिछाने दिल्ली उडेका छन् ।

      त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी सवा १२ बजे दिल्ली प्रस्थान गरेका हुन् । दिल्ली प्रस्थान गर्नुअघि सन्दीपले पाएकाे अवसरलार्इ सदुपयाेग गर्न सक्दाे प्रयास गर्ने बताए ।

      आफ्नो जीवनको ठूलो सपना भनेकै नेपाली राष्ट्रिय टिमबाट खेल्नु भएको बताएका उनले आइपिएलमा आफूमाथि कुनै दबाब भने नरहेको भनाइ व्यक्त गरे ।

      उनले आइपिएलमा दबाबमुक्त भएर प्रदर्शन गर्ने र टिममा आफू रहनु वा नरहनु ठूलो कुरा नभएको बताए ।

        सम्बन्धित समाचारहरु