चैत ३,२०८२ / ०३ : १५ अपरान्ह / 2026-03-17 03:15 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विमानस्थलमा कप्तान पारस खड्काले भने : 'धेरै वर्षदेखिको आफूहरूले देखेको सपना पुरा भएको छ'

      - ७ वर्ष अगाडि
      चैत ५,२०७४

      काठमाडौं : नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाली क्रिकेटले सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको बताउँदै सबैभन्दा खुसीको क्षण भएको प्रतिक्रिया दिएका छन्। जिम्बाबेमा विश्‍वकप छनोट खेल खेलेर नेपाल फर्किएको टिमलाई स्वागत गर्न पुगेका समर्थकहरूलाई खड्काले योभन्दा खुसीको क्षण कहिल्यै हुन नसक्ने बताए।  'हामी क्रिकेट खेल्छौँ, सबै जनाले यति धेरै माया गर्नुहुन्छ, योभन्दा खुसीको क्षण कहिल्यै पनि हुनेछैन, खड्काले भने। उनले नेपाली क्रिकेट टिमले धेरै वर्षदेखिको सपना पूरा गरेको भन्दै अब जग थप बलियो बनाएर अघि बढ्ने बताए। विमानस्थलमा खड्का क्रिकेट इतिहासको सबैभन्दा ठूलो उपलब्धि हो। ओडिआई स्ट्याटस भनेको एउटा फन्डिङदेखि, जीविकोपार्जनदेखि लिएर खेलाडीहरूको भविष्य सुनिश्‍चित गर्ने अाधार पाएका छौँ। यो धेरै वर्षदेखिको हाम्रो सपना थियो। त्यो पूरा भएको छ। आशा गरौँ, अब आउने चार वर्षमा हामीले राम्रो जग खडा गरेर नेपाली क्रिकेटलाई अझ माथि लैजान सक्नेछौँ। हामी क्रिकेट खेल्छौँ, सबै खुसी हुनुहुन्छ। त्योभन्दा खुशीको क्षण केही हुँदैन। आगामी दिनमा हामीले अझ धेरै राम्रो गर्नु छ। अहिले ओडिआई स्ट्याटस पाएका छौँ, आगामी दिनमा विश्‍वकप खेल्नका लागि। कुरा जिम्मेवारीको हो। हामी खेलाडीले जिम्मेवारी पूरा गरेका छौँ। जिम्मेवारी क्रिकेट संघको पदाधिकारीहरूमाथि पनि छ। देशप्रति पनि एउटा जिम्मेवारी छ। देशले क्रिकेट खेललाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बेला आएको छ।  घरेलु क्रिकेटको संरचना, हाम्रो भौतिक पूर्वाधार, खेलाडीको हेरचाह आवश्‍यक छ। अब हामीले एउटा प्रोफेसनल सेटअप गर्नै पर्छ। हामीले ओडिआई राष्ट्रको स्ट्याटस मात्रै पाएका छौँ तर काम गर्नुपर्ने धेरै छ। आगामी दिनमा हामीले एउटा राम्रो स्ट्रक्चर बनाएर अघि बढ्ने हो भने भविष्य राम्रो छ।  अब हाम्रो यात्रा वर्ल्डकप हो। ५० ओभरको खेल हो। आठ वर्षदेखि १२ वर्षको बीचमा टेष्ट राष्ट्रको मान्यता पाउनुपर्छ भन्ने योजना बनाएर अघि बढ्नुपर्छ। सबै जाना मिलेर अघि बढ्नुपर्छ। मैदानबाहिरका जे जति नराम्रा पक्ष छन्, त्यसलाई सुधार गर्नुपर्छ। नेपालले व्यक्तिभन्दा पनि क्रिकेटलाई हरेर अघि बढ्नुपर्छ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d