चैत ३,२०८२ / ०२ : ५९ अपरान्ह / 2026-03-17 02:59 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाली जनता साथमा छन्, अघि बढ टिम नेपाल- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको नारा

      - ७ वर्ष अगाडि
      चैत ५,२०७४
      काठमाडौं, आईसीसी विश्वकप छनोट खेल्दै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएर घर फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूले भव्य स्वागत गरेका छन्।

      समूह चरणमा हङकङलाई पराजित गरेको नेपालले प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाएको नेपाली टोली सोमबार साँझ स्वदेश फर्किएको हो।

      अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरू गरेको २२ वर्षपछि नेपाली क्रिकेटले हात पारेको यो सबैभन्दा ठूलो सफलतालाई स्वागत गर्ने युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टसहित सयौ क्रिकेट प्रेमी विमानस्थल पुगेका थिए।

      जिम्बावेको हरारेबाट युएई हुँदै काठमाडौ उत्रिएको नेपाली टिमको स्वागतमा उपस्थित युवाले ‘अघि बढ टिम नेपाल, नेपाली जनता साथमा छ’, क्यानको विवाद समाधान गर’, टुँडिखेलमा खेलेर वर्डकप खेल्न सकिन्न’लगायतका नारा समेत लगाएका थिए।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d