काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि भइरहेको 'प्लेअफ'मा नेदरल्यान्डले ३ विकेट गुमाएको छ। नेदरल्यान्डका ३वटै विकेट सोमपाल कामीले लिएका हुन्। उनले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएका हुन्। उनले यो समाचार तयार पार्दासम्म ११ रन मात्र दिएका छन् भने ६ ओभर बलिङ गरेका छन्। तेस्रो विकेट लिनेक्रममा नेदरल्यान्डका पेटर बोरेनलाई ७ रनमा सन्दीप लामिछानेबाट क्याच गराएका हुन्। शून्य रनमा पहिलो विकेट गुमाएको नेदरल्यान्डले ६ रन जोड्का दोस्रो विकेट गुमाएको हो। दुवै विकेट सोमपाल कामीले लिउका हुन्। सोमपालले आफ्नो ओभरको बलिङमा शून्य रन दिएर २ विकेट लिएका हुन्। दोस्रो विकेटका रुपमा बेन कुपरलाई पारस खड्काबाट क्याच आउट गराएका उनले २ ओभर बलिङ गर्दा २ विकेट लिएका छन्। रन भने दिएका छैनन्। नेदरल्यान्डले शून्य रनमा झट्का बेहोरेको हो। सोमपाल कामीले तेस्रो बलमा विस्ली वारेसीलाई ज्ञानेन्द्रको हातबाट क्याच गराएर पवेलियन फर्काएका छन्। कामीले पहिलो ओभरमा रन नदिइ विकेट लिएका छन्। जिम्बाबेको क्वेक्वेस्थित क्वेक्वे स्पोर्ट्स क्लबको मैदानमा हुँदैछ। यो खेलमा नेपालले झन्डै दुई वर्षपछि नेदरल्याण्डविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो। बलियो प्रतिद्वन्द्वी मानिएको पपुवा न्यूगिनीलाई बिहीबार ६ विकेटले पराजित गर्दै एकदिवसीय मान्यता प्राप्त गरेको नेपाल सोही लयलाई निरन्तरता दिँदै बलियो प्रतिद्वन्द्वी नेदरल्याण्डलाई हराउने ध्येयमा रहेको छ। नेदरल्याण्ड स्वभाविक रूपमा 'सुपर सिक्स'मा दाबेदार टिमका रुपमा रहेको थियो। दुई वर्ष लामो विश्व त्रिकेट लिग च्याम्पियनसिपका दौरान शीर्ष स्थानमा रहँदै एकदिवसीय मान्यता पाउँदै सोझै विश्वकप छनोटमा स्थान बनाउन सफल नेदरल्याण्डका लागि विश्वकप छनोट भने दुर्भाग्यपूर्ण रह्यो। नेदरल्याण्डलाई पछि पार्दै यूएई सुपर सिक्समा पुग्दा नेदरल्याण्ड भने विश्वकप छनोटबाट बाहिरियो। तर नेदरल्याण्डले सातौं प्लेअफ भिडन्तका लागि भएको पहिलो प्लेअफमा हङकङलाई पराजित गर्दै नेपाललाई एकदिवसीय मान्यतामा पुर्याउन निर्णायक योगदान दिँदा यी दुईबीच प्रतिष्ठाका रूपमा रहेको खेलमा प्रतिस्पर्धात्मक हुनेछ। जित्ने टिमले आफूलाई सातौं स्थानमा उभ्याउनेछ।
सोमपालको उत्कृष्ट प्रदर्शन, नेदरल्यान्डको ३ विकेट लिए
चिनारी पोस्ट - ८ वर्ष अगाडि
चैत ३,२०७४
सम्बन्धित समाचारहरु
एनपीएलः चितवन रिजनलाई डिमेरिट अंकसहित चेतावनी
चितवन राइनोजका खेलाडीलाई नियमविपरीत काम गरेको भन्दै म्याच रेफ्रीले दिए एक डिमेरिट अंक ...
चितवन राइनोजका खेलाडीलाई नियमविपरीत काम गरेको भन्दै म्याच रेफ्रीले दिए एक डिमेरिट अंक ...
एनपीएलमा आज काठमाडौं र सुदूरपश्चिम आमनेसामने
एनपीएलमा आज काठमाण्डौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने ...
एनपीएलमा आज काठमाण्डौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने ...
एनपीएल : गोर्खाजको दमदार सुरुआत, आज दुई खेल
काठमाण्डु गोर्खाजले उद्घाटन खेलमा जनकपुरलाई पराजित गर्दै प्रभावशाली सुरुआत गरेको एनपीएलमा आज चितवन–कर्णाली बिहान ११:४५ ...
काठमाण्डु गोर्खाजले उद्घाटन खेलमा जनकपुरलाई पराजित गर्दै प्रभावशाली सुरुआत गरेको एनपीएलमा आज चितवन–कर्णाली बिहान ११:४५ ...
एनपीएल २०२५को सुरुवात : उद्घाटन खेलमा जनकपुर र काठमाडौं प्रतिस्पर्धामा
नेपाल प्रिमियर लिग २०२५ आजदेखि कीर्तिपुरमा सुरू हुँदै, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज ...
नेपाल प्रिमियर लिग २०२५ आजदेखि कीर्तिपुरमा सुरू हुँदै, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज ...
पोखराबाट न्युजिल्याण्डका जिम्मी निशमले एनीपीएल खेल्ने
नेपाल प्रिमियर लिग९एनपीएल० को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट न्युजिल्याण्ड खेलाडी जिम्मी निशमले खेल्ने भएका छन् ...
नेपाल प्रिमियर लिग९एनपीएल० को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट न्युजिल्याण्ड खेलाडी जिम्मी निशमले खेल्ने भएका छन् ...
हङकङ सिक्सेस : पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित
हङकङ क्रिकेट सिक्सेस अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । ...
हङकङ क्रिकेट सिक्सेस अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । ...
नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै
आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजको अन्तिम खेल नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ। ...
आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजको अन्तिम खेल नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ। ...
आजदेखि झापा महिला गोल्डकप शुरू हुँदै
आजदेखि झापा महिला गोल्डकप प्रतियोगिता शुरू हुँदैछ । उद्घाटन खेल दिउँसो दुई बजे हुनेछ । ...
आजदेखि झापा महिला गोल्डकप प्रतियोगिता शुरू हुँदैछ । उद्घाटन खेल दिउँसो दुई बजे हुनेछ । ...
विश्वकप लिग–२:नेपाल अमेरिकासँग ४ विकेटले पराजित
आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। ...
आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। ...