चैत ३,२०८२ / ०२ : ५० अपरान्ह / 2026-03-17 02:50 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सोमपालले शून्य रनमा लिए २ विकेट

      - ८ वर्ष अगाडि
      चैत ३,२०७४

      काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि भइरहेको 'प्लेअफ'मा नेदरल्यान्डले २ विकेट गुमाएको छ।  शून्य रनमा पहिलो विकेट गुमाएको नेदरल्यान्डले ६ रन जोड्का दोस्रो विकेट गुमाएको हो। दुवै विकेट सोमपाल कामीले लिउका हुन्। सोमपालले आफ्नो ओभरको बलिङमा शून्य रन दिएर २ विकेट लिएका हुन्। दोस्रो विकेटका रुपमा बेन कुपरलाई पारस खड्काबाट क्याच आउट गराएका उनले २ ओभर बलिङ गर्दा २ विकेट लिएका छन्। रन भने दिएका छैनन्। नेदरल्यान्डले शून्य रनमा झट्का बेहोरेको हो। सोमपाल कामीले तेस्रो बलमा विस्ली वारेसीलाई ज्ञानेन्द्रको हातबाट क्याच गराएर पवेलियन फर्काएका छन्। कामीले पहिलो ओभरमा रन नदिइ विकेट लिएका छन्।  जिम्बाबेको क्वेक्वेस्थित क्वेक्वे स्पोर्ट्स क्लबको मैदानमा हुँदैछ। यो खेलमा नेपालले झन्डै दुई वर्षपछि नेदरल्याण्डविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो। बलियो प्रतिद्वन्द्वी मानिएको पपुवा न्यूगिनीलाई बिहीबार ६ विकेटले पराजित गर्दै एकदिवसीय मान्यता प्राप्त गरेको नेपाल सोही लयलाई निरन्तरता दिँदै बलियो प्रतिद्वन्द्वी नेदरल्याण्डलाई हराउने ध्येयमा रहेको छ। नेदरल्याण्ड स्वभाविक रूपमा 'सुपर सिक्स'मा दाबेदार टिमका रुपमा रहेको थियो। दुई वर्ष लामो विश्व त्रिकेट लिग च्याम्पियनसिपका दौरान शीर्ष स्थानमा रहँदै एकदिवसीय मान्यता पाउँदै सोझै विश्वकप छनोटमा स्थान बनाउन सफल नेदरल्याण्डका लागि विश्वकप छनोट भने दुर्भाग्यपूर्ण रह्यो। नेदरल्याण्डलाई पछि पार्दै यूएई सुपर सिक्समा पुग्दा नेदरल्याण्ड भने विश्वकप छनोटबाट बाहिरियो। तर नेदरल्याण्डले सातौं प्लेअफ भिडन्तका लागि भएको पहिलो प्लेअफमा हङकङलाई पराजित गर्दै नेपाललाई एकदिवसीय मान्यतामा पुर्‍याउन निर्णायक योगदान दिँदा यी दुईबीच प्रतिष्ठाका रूपमा रहेको खेलमा प्रतिस्पर्धात्मक हुनेछ। जित्ने टिमले आफूलाई सातौं स्थानमा उभ्याउनेछ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d