चैत ३,२०८२ / ०३ : ४८ अपरान्ह / 2026-03-17 03:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाली क्रिकेटमा एेतिहासिक सफलता, नेपालले पायाे एकदिवसीय मान्यता

      - ८ वर्ष अगाडि
      चैत २,२०७४

      नेपाललेअन्तर्राष्ट्रिय क्रिकेटकाे एकदिवसीय मान्यता पाएकाे छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो ।

      ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले अाजै पपुवान्युगिनीलार्इ ६ विकेटले हराएकाे थियाे । लगत्तै नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालकाे ओडिआई स्टाटस पक्का भएको हो ।ने

      नेपालसँग पराजित भएकाे पपुवान्युगिनीले भने अाजैबाट अाेडिअार्इ स्टाटस गुमाएकाे छ ।  अहिलेसम्म एशोसिएसट टिम मात्र रहेकाे नेपालका लागि याे ठूलाे माैका पनि हाे ।

      अब ओडीआई स्टाटस पाएपछि टिमले एक्सपोजर पाउनेछ भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले दिने सहयोग रकममा पनि उल्लेख्य वृद्धि हुनेछ ।

      आर्इसिसीले वार्षिक ७ देखि ८ करोड रूपैयाँसम्म बजेट छुट्याएको हुन्छ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।

      यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगिता निकै कम खेल्ने नेपालका लागि नियमित रूपमा ठूला प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिता खेल्न पाउने अवसर हुनेछ।

      यस्तै, टेष्ट राष्ट्र सम्मिलित एसिया कप जस्तो ठूलो प्रतियोगितामासमेत नेपालको सहभागिता सहज हुनसक्छ भने नेपाल आईसिसीको एक दिवसीय वरियतामा पर्नेछ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d