काठमाडौं : विश्वकप छनोट चरणको प्लेअपमा पपुवा न्यूगिनीले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ। पपुवा न्यूगिनी ११४ रनमा २७ ओभर २ बलमा अल आउट भएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ र सन्दीप लामिछानेले ४ विकेट लिएका थिए। दशौँ, नवौँ र आठौँ विकेट लिने क्रममा दीपेन्द्रसिंह ऐरीले क्रमशः जोन रेभा ६ रन,नोरमन भनुवालाई शून्य र जासोन किलालाई १५ रनमा पवेलियन फर्काएका थिए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चर्ल्स अमिनिलाई १९ रनमा सातौँ विकेटका रुपमा आउट गरेका थिए। यसअघि सन्दीप लामिछानेले व्यक्तिगत चौथो विकेट लिएका थिए। पपुवा न्यूगिनीको छैटौँ विकेट झरेको छ। छैटौँ विकेटका रुपमा किपलिङ डोरिगा १० रनमा आउट भएका छन्। पाँचौ विकेट सन्दीप लामिछानेले नै लिएका हुन्। व्यक्तिगत तेस्रो विकेट लिने क्रममा सन्दीपले महुरु दाइलाई पाँच रनमा पवेलियन फर्काए। नेपाललाई तेस्रो विकेट पनि दिलाएका सन्दीप लामिछानेले पपुवा न्यूगिनीका सेसे बउलाई ११ रनमा आउट गरेका छन्। उनको यो व्यक्तिगत दोस्रो विकेट हो। सन्दीप लामिछानेले तेस्रो विकेट लिने क्रममा चाद सोपेरलाई १० रनमा आउट गरेका थिए। नेपाललाई दोस्रो विकेट दिलाउने क्रममा करन केसीले टोनी उरालाई ११ रनमा आउट गरेका थिए। नेपालका सोमपाल कामीले पपुवा न्यूगिनीका असाद भालालाई ८ रनमा पहिलो विकेटका रुपमा पवेलियन फर्काए। टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। नेपाल र पपुवा न्यूगिनी विश्वकप छनोटको सातौं स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन्। आजको खेल जितेमा नेपालले एकदिवसीय मान्यता पाउने सम्भावना कायम रहनेछ। छनोट चरणका कुनैपनि खेलमा पपुवा न्यूगिनीले जीत हासिल गरेको थिएन भने नेपालले हङकङलाई पराजित गरेको थियो।
नेपाललाई पपुवा न्यूगिनीले दियो ११५ रनको लक्ष्य
चिनारी पोस्ट - ७ वर्ष अगाडि
चैत १,२०७४
सम्बन्धित समाचारहरु
एनपीएलः चितवन रिजनलाई डिमेरिट अंकसहित चेतावनी
चितवन राइनोजका खेलाडीलाई नियमविपरीत काम गरेको भन्दै म्याच रेफ्रीले दिए एक डिमेरिट अंक ...
चितवन राइनोजका खेलाडीलाई नियमविपरीत काम गरेको भन्दै म्याच रेफ्रीले दिए एक डिमेरिट अंक ...
एनपीएलमा आज काठमाडौं र सुदूरपश्चिम आमनेसामने
एनपीएलमा आज काठमाण्डौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने ...
एनपीएलमा आज काठमाण्डौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने ...
एनपीएल : गोर्खाजको दमदार सुरुआत, आज दुई खेल
काठमाण्डु गोर्खाजले उद्घाटन खेलमा जनकपुरलाई पराजित गर्दै प्रभावशाली सुरुआत गरेको एनपीएलमा आज चितवन–कर्णाली बिहान ११:४५ ...
काठमाण्डु गोर्खाजले उद्घाटन खेलमा जनकपुरलाई पराजित गर्दै प्रभावशाली सुरुआत गरेको एनपीएलमा आज चितवन–कर्णाली बिहान ११:४५ ...
एनपीएल २०२५को सुरुवात : उद्घाटन खेलमा जनकपुर र काठमाडौं प्रतिस्पर्धामा
नेपाल प्रिमियर लिग २०२५ आजदेखि कीर्तिपुरमा सुरू हुँदै, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज ...
नेपाल प्रिमियर लिग २०२५ आजदेखि कीर्तिपुरमा सुरू हुँदै, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज ...
पोखराबाट न्युजिल्याण्डका जिम्मी निशमले एनीपीएल खेल्ने
नेपाल प्रिमियर लिग९एनपीएल० को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट न्युजिल्याण्ड खेलाडी जिम्मी निशमले खेल्ने भएका छन् ...
नेपाल प्रिमियर लिग९एनपीएल० को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट न्युजिल्याण्ड खेलाडी जिम्मी निशमले खेल्ने भएका छन् ...
हङकङ सिक्सेस : पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित
हङकङ क्रिकेट सिक्सेस अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । ...
हङकङ क्रिकेट सिक्सेस अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । ...
नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै
आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजको अन्तिम खेल नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ। ...
आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजको अन्तिम खेल नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ। ...
आजदेखि झापा महिला गोल्डकप शुरू हुँदै
आजदेखि झापा महिला गोल्डकप प्रतियोगिता शुरू हुँदैछ । उद्घाटन खेल दिउँसो दुई बजे हुनेछ । ...
आजदेखि झापा महिला गोल्डकप प्रतियोगिता शुरू हुँदैछ । उद्घाटन खेल दिउँसो दुई बजे हुनेछ । ...
विश्वकप लिग–२:नेपाल अमेरिकासँग ४ विकेटले पराजित
आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। ...
आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। ...