आइसीसी विश्वकप छनोट खेलका लागि जिम्बाबेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार समूहचरणको अन्तिम खेल खेल्दै छ। जहाँ नेपालका लागि हङकङविरुद्धको जित निर्विकल्प छ। यस्तो भए सुपर सिक्स नेपालको सुुपर सिक्समा पुग्न गणीतीय सम्भावना मात्र बाँकी छ। सुपर सिक्समा स्थान बनाउनु नेपालका लागि असम्भव जस्तै मानिएको छ। तर, खेल भएकाले कुनै चामत्कारिक नतिजा निकाल्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ। समूहका तीन खेलमा नेपालले तीनै खेल हारेको छ त्यो पनि कमजोर रनरेटमा नेपालको समूहमा हङकङ र अफगानिस्तानको २-२ अंक रहेको छ। सोमबार हुने खेलमा हङकङले जित निकाले मात्र पनि सुपर सिक्समा स्थान बनाउनेछ। तर, नेपाललाई सामान्य जितले मात्र पुग्दैन। रनरेटमा पनि नेपाल निकै पछि रहेको छ। नेपालको रनरेट –१.५४६ रहेको छ भने हङकङको –१.२४६ छ। यस्तै अफगानिस्तानको ०.०३८ छ। तर, हङकङ ई रनरेटले कुनै फरक पार्नेछैन जितेको खण्डमा ४ अंकका साथ सुपर सिक्समा प्रवेश गर्नेछ। सुपर सिक्समा पुग्नका लागि नेपालले पहिले लक्ष्य दिएमा हङकङविरुद्ध १५० बढी रनस्कोरले नतिजा आफ्नो पक्षमा पार्नुपर्छ त्यो पनि कम ओभरमै समेट्नुपर्ने चुनौती छ। नेपालले हङकङलाई २०० रनको लक्ष्य दिएमा उसलाई ५० रनभित्र समेट्नुपर्ने अवस्था छ। यदि हङकङले नेपाललाई २५० को लक्ष्य दिएमा नेपालले १० देखि १५ ओभरमा जित निकालीसक्नुपर्नेछ जुन नेपालका लागि असम्भवजस्तै छ। यस्तो भए एकदिवसीय मान्यता समूह 'ए' बाट युएई सुपर सिक्समा दाबेदार रहेको छ। जसले गर्दा यदि नेपाल हङकङसँग पराजित भएमा सातौ स्थानको प्लेअफसमेत खेल्न पाउने छैन्। जसले एकदिवसीय मान्यताको लक्ष्य पनि अन्त हुनेछ। किनकि, समूह 'बी' बाट हङकङ विजयी भएमा सुपरसिक्समा पुग्नेछ। स्कटल्याण्ड यसअघि नै पुगिसकेको छ। समुह 'ए' बाट युएई सुपर सिक्समा पुगेमा घाटा नेपाललाई नै हुनेछ। स्कटल्याण्डजस्तै युएई र हङकङले पनि सुपरसिक्समा स्थान बनाए भने यो बाटो सबैका लागि बन्द हुनेछ। यसमध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौँ हुने टिमले एकदिवसीय मान्यता पाउनेछ। सुपर सिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि क्रश प्लेअफ हुनेछ। समूह ‘ए’मा चौंथो हुने टोलीले समूह ‘बी’को पाँचौँ र समूह ‘बी’मा चौथो हुनेले र समूह ‘ए’को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन्। दुवै खेल जित्ने टोलीले सातौं स्थानका लागि खेल्नेछन, भने हार्ने दुईले नवौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। अहिलेको समीकरणलाई मान्ने हो भने नेपालले हङकङलाई सामान्य अन्तरले जिते मात्रै पनि पहिलो प्लेअफमा नेपालले नेदरल्यान्ड्ससँग भिड्नेछ। नेदरल्यान्ड्सलाई हराए मात्र नेपालले एकदिवसीय खेलको निर्णायक खेलमा प्रतिस्पर्धा गर्नेछ। जुन खेल हङकङ वा पपुवान्युगिनीमध्ये एकसँग हुन सक्नेछ। त्यसैले नेपालले एकदिवसीय मान्यता पाउन अब लगातार ३ खेल जित्नुपर्ने बाध्यता रहेको छ।
नेपालको सुपर सिक्सदेखि एकदिवसीय मान्यताको यात्रा हङकङसँगको निर्णायक खेलले तय गर्दै
चिनारी पोस्ट - ८ वर्ष अगाडि
फागुन २८,२०७४
सम्बन्धित समाचारहरु
एनपीएलः चितवन रिजनलाई डिमेरिट अंकसहित चेतावनी
चितवन राइनोजका खेलाडीलाई नियमविपरीत काम गरेको भन्दै म्याच रेफ्रीले दिए एक डिमेरिट अंक ...
चितवन राइनोजका खेलाडीलाई नियमविपरीत काम गरेको भन्दै म्याच रेफ्रीले दिए एक डिमेरिट अंक ...
एनपीएलमा आज काठमाडौं र सुदूरपश्चिम आमनेसामने
एनपीएलमा आज काठमाण्डौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने ...
एनपीएलमा आज काठमाण्डौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने ...
एनपीएल : गोर्खाजको दमदार सुरुआत, आज दुई खेल
काठमाण्डु गोर्खाजले उद्घाटन खेलमा जनकपुरलाई पराजित गर्दै प्रभावशाली सुरुआत गरेको एनपीएलमा आज चितवन–कर्णाली बिहान ११:४५ ...
काठमाण्डु गोर्खाजले उद्घाटन खेलमा जनकपुरलाई पराजित गर्दै प्रभावशाली सुरुआत गरेको एनपीएलमा आज चितवन–कर्णाली बिहान ११:४५ ...
एनपीएल २०२५को सुरुवात : उद्घाटन खेलमा जनकपुर र काठमाडौं प्रतिस्पर्धामा
नेपाल प्रिमियर लिग २०२५ आजदेखि कीर्तिपुरमा सुरू हुँदै, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज ...
नेपाल प्रिमियर लिग २०२५ आजदेखि कीर्तिपुरमा सुरू हुँदै, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज ...
पोखराबाट न्युजिल्याण्डका जिम्मी निशमले एनीपीएल खेल्ने
नेपाल प्रिमियर लिग९एनपीएल० को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट न्युजिल्याण्ड खेलाडी जिम्मी निशमले खेल्ने भएका छन् ...
नेपाल प्रिमियर लिग९एनपीएल० को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट न्युजिल्याण्ड खेलाडी जिम्मी निशमले खेल्ने भएका छन् ...
हङकङ सिक्सेस : पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित
हङकङ क्रिकेट सिक्सेस अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । ...
हङकङ क्रिकेट सिक्सेस अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । ...
नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै
आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजको अन्तिम खेल नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ। ...
आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजको अन्तिम खेल नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ। ...
आजदेखि झापा महिला गोल्डकप शुरू हुँदै
आजदेखि झापा महिला गोल्डकप प्रतियोगिता शुरू हुँदैछ । उद्घाटन खेल दिउँसो दुई बजे हुनेछ । ...
आजदेखि झापा महिला गोल्डकप प्रतियोगिता शुरू हुँदैछ । उद्घाटन खेल दिउँसो दुई बजे हुनेछ । ...
विश्वकप लिग–२:नेपाल अमेरिकासँग ४ विकेटले पराजित
आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। ...
आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। ...
- ताजा खबर
- धेरैले पढेको
थप ताजा खबर