चैत ३,२०८२ / ०३ : २४ अपरान्ह / 2026-03-17 03:24 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अफगानिस्तान सामु नेपालको १९५ रनको लक्ष्य

      - ८ वर्ष अगाडि
      फागुन २६,२०७४

      काठमाडौँः आईसीसी विश्वकप क्रिकेट छनोट खेल अन्तरगत शनिबार भएको प्रतिस्पर्धामा नेपालले अफगानिस्तानलाई १९५ रनको चुनौती दिएको छ ।

      जिम्बाब्वेमा भइरहेको खेलमा कप्तान पारस खड्काको सर्वाधिक ७५ रनको सहयोगमा नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १९४ रन बनाएपछि अफगानिस्तान मध्यम चुनौती पाएको हो ।

      नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२ तथा ज्ञानेन्द्र मल्लले समान २३/२३ रन बनाउन सफल भए । नेपालका अन्य ब्याटसम्यान राम्ररी चल्न सकेनन् ।

      ओपनर अनिल शाह केबल ७ रनमा आउट भएछि तेस्रो क्रममा आएका पारसले ८२ बलको सामना गर्दै १० चौका र १ छक्काको मद्धतमा नेपालको पारी उकास्न मूख्य भूमिका खेले । 
      तेस्रो विकेटका लागि पारस र ज्ञानेन्द्र मल्लले ९८ रनको साझेदारी गरे । ज्ञानेन्द्र ६९ बलको सामना गर्दै २३ रनमा आउट हुँदा नेपालको स्कोर १०५ भएको थियो । 
      त्यसैगरी नेपालका लागि दीपेन्द्रले ४१ बलमा ३२ रन बनाउने क्रममा ३ चौका र १ छक्का हाने । अरिफ शेखले ३६ बलमा २३ रन बनाउन सफल भए । 
      नेपालका लागि आरके पौडेल, अनिलकुमार शाह, सोमपाल कामी, करण केसीले दोहोरो स्कोर गर्न सकेनन् । त्यसैगरी सोमपाल कामी शून्यमै आउट भए । नटआउट रहेका बसन्त रेग्मीले ९ रन जोडे । 
      यसअघिका दुई खेल गुमाएर जित्नैपर्ने दबाबमा रहेका नेपाललाई मध्यम योगफलमा समेट्ने क्रममा अफगानिस्तानका मोहम्मद नाबीले १० ओभर बलिङ गर्दै ३३ रन खर्चिएर ४ विकेट लिए । त्यसैगरी ९.५ ओभर बलिङ गरेका रसिद खानले ४५ रन खर्चिएर ३ विकेट लिन सफल भए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d