चैत ३,२०८२ / ०२ : ५१ अपरान्ह / 2026-03-17 02:51 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बिद्यालय स्तरिय फुटसलको उपाधि अर्पणलाई

      - ८ वर्ष अगाडि
      फागुन १४,२०७४

      बिराटनगरमा सम्पन्न प्रथम अन्तर विद्यालय स्तरीय फुटसल कप प्रतियोगिताको उपाधि अपर्ण बोर्डिङ स्कूलले हासिल गरको छ ।

      विराटनगरमा रहेको हिट्स एण्ड ह्याङ्गआउटको खेलमैदानमा आज सम्पन्न भएको फाइनलमा पोखरीया स्कूललाई ७–४ गोल अन्तरले पराजित गरी अपर्ण स्कूलले फुटसलको उपाधि हासिल गरेको हो ।

      जितका लागि अपर्णका युगल कार्कीले चार गोल र उत्सव कार्कीले ३ गोल गरेका थिए । उपबिजेता बनेको पोखरीया स्कूललका कौशल तामाङले दुई गोल तथा अनिस कोइराला र केशव श्रेष्ठले १/१ गोल गरेका थिए ।

      फाइनलको म्यान अफ द म्याच अपर्णका ४ गोल गर्ने युगल कार्की घोषित भए । प्रतियोगिताको अनुसाशित टिम विराटनगरमा रहेको गोदावरी बोर्डिङ स्कूल भयो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d