फागुन ४,२०८२ / ०४ : ०८ पूर्वान्ह / 2026-02-16 04:08 am
      • param ad
      • furniture
      • veera Incorporation

      एनपीएलः चितवन रिजनलाई डिमेरिट अंकसहित चेतावनी

      - ३ हप्ता अगाडि
      मंसिर ५,२०८२

      काठमाडौं, चितवन राइनोजका खेलाडी रिजन ढकालले खेलको नियमविपरीत काम गरेको भन्दै कारबाहीमा परेका छन् ।

      हिजो भएको लुम्बिनी लायन्सविरुद्धको खेलेका क्रममा रिजनले एलबीडब्लूको लागि अपिल गरेका थिए । अम्पायरले रिजनको  एलबीडब्लू अपिल अस्वीकार गरेपछि रिजनले अम्पायरको निर्णयप्रति स्पष्ट असहमति व्यक्त गरे, जुन क्रिकेटको नियम विपरीत मानिन्छ ।

      यही कारण म्याच रेफ्रीले उनलाई चेतावनी दिँदै एक डिमेरिट अंक प्रदान गरेका हुन् । रेफ्रीका अनुसार रिजनले आफ्नो गल्ती स्वीकार गरेका छन् ।

      कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले हराएको थियो । यो चितवनको पहिलो हार हो ।

      उनीहरूले पहिला कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेका थिए भने लुम्बिनीले प्रतियोगिताको पहिलो खेलमै जित निकालेको हो । 

        सम्बन्धित समाचारहरु