फागुन १,२०८२ / ०६ : ५७ पूर्वान्ह / 2026-02-13 06:57 am
      • param ad
      • furniture
      • veera Incorporation

      एनपीएल : गोर्खाजको दमदार सुरुआत, आज दुई खेल

      - ३ हप्ता अगाडि
      मंसिर २,२०८२

      काठमाडौं, हिजो नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाण्डु गोर्खाजले डिफेन्डिङ च्याम्पियन जनकपुर रोयल्सलाई ५ विकेटले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ । बलिङ र ब्याटिङ दुवै विभागमा समान प्रदर्शन गरेको काठमाण्डुले १३१ रनको लक्ष्य २ ओभर अघि नै पूरा गरेको हो ।

      पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन मात्रै जोड्न सकेको थियो । चार ओभरसम्म ३३ रन जोडेको जनकपुरले पाँचौँ ओभरमा लगातार दुई विकेट गुमाएको थियो ।

      आज भने एनपीएलमा दुई रोमाञ्चक खेलहरू हुनेछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुँदै छन् । चितवनको कप्तानी कुशल मल्लले गर्नेछन् भने कर्णालीलाई सोमपाल कामीले नेतृत्व दिनेछन् ।

      गत संस्करणमा यी दुईबीच दुईपटक भिडन्त हुँदा दुबै खेल कर्णालीले जितेको थियो ।

      साथै दोस्रो खेल विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच दिउँसो ४ बजे हुनेछ । विराटनगरको कप्तानी सन्दीप लामिछानेले सम्हाल्नेछन् भने पोखराको कप्तान कुशल भुर्तेल रहनेछन् ।

      गत संस्करणमा यी दुईबीच भएको एक खेलमा पोखरा विजयी बनेको थियो, जहाँ रेमन रेइफर उत्कृष्ट प्रदर्शनका नायक बनेका थिए । उनी यसपटक पनि पोखराबाटै खेलिरहेका छन् ।

      नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल मंसिर २७ गते हुने छ । विजेता टोलीलाई रु. १ करोड १० लाख पुरस्कार प्रदान गरिने क्यानले जनाएको छ ।

        सम्बन्धित समाचारहरु