काठमाण्डौ, नेपाल प्रिमियर लिग९एनपीएल० को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट न्युजिल्याण्ड खेलाडी जिम्मी निशमले खेल्ने भएका छन् । पोखराले सामाजिक सामाजिक सञ्जालमार्फत् जिम्मीलाई अनुबन्ध गरेको जानकारी गराएको छ ।
जिम्मीले पहिलो संस्करण जनकपुर बोल्ट्सबाट खेलेका थिए । उनले पहिलो संस्करणमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । साथै उनी आबद्ध टोली जनकपुरले उपाधिसमेत जितेको थियो । आईसीसीको नियमका कारण जनकपुरले यो संस्करणमा भित्र्याउन नपाएकाले पोखराले उनलाई अनुबन्ध गरेको हो ।
एनपीलमा रहेका आठ वटा फ्रेन्चाइजी टोलीमध्ये चार वटा टोलीले मात्र सक्रिय खेलाडी खेलाउन पाउनेछन् । गोलाप्रथाबाट निर्णय हुँदा जनकपुर बोल्ट्सको भागमा नपरेका कारण जनकपुरले जिम्मीलाई चाहेर पनि भित्राउन नसकेको हो ।








