चैत १८,२०८२ / ०२ : १७ अपरान्ह / 2026-04-01 02:17 pm
      • param ad
      • furniture
      • veera Incorporation

      हङकङ सिक्सेस : पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित

      - ३ हप्ता अगाडि
      कार्तिक २१,२०८२

      काठमाडौं, हङकङ क्रिकेट सिक्सेस अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । शुक्रबार भएको खेलमा अफगानिस्तानले नेपाललाई १७ रनले पराजित गरेको हो ।

      अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २ विकेट गुमाउँदै ९५ रनमै समेटियो । नेपालका लागि सन्दीप जोराले ५३ रन बनाएका थिए भने रशिद खानले ११ रन बनाए भने आदील आलम पनि ११ रन बनाएका थिए । 

      यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेट गुमाउदै ११२ रन बनाएको थियो । यस खेलमा नेपालका बलर रशिद खानले ह्याट्रिक लिएका थिए । रशिदले पाँचौं ओभरमा ह्याट्रिक लिएका हुन् । 

      रशिदले यस खेलमा कुल ४ विकेट लिएका थिए । त्यस्तै लोकेश बमले एक विकेट लिएका थिए । यस खेलमा अफगानिस्तानका करिम जन्नतले सर्बाधिक ३५ रन बनाए भने फरमुल्लाह साफीले ३० र कप्तान गुल्बादीन नैबले २२ रन बनाएका थिए । अब नेपालले अर्को खेल भोली बिहान ६ बजे दक्षिण अफ्रीकासँग खेल्ने तालिका छ ।


        सम्बन्धित समाचारहरु