फागुन ४,२०८२ / ०५ : २३ पूर्वान्ह / 2026-02-16 05:23 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

      - एक हप्ता अगाडि
      कार्तिक १९,२०८२

       काठमाडौं, आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजको अन्तिम खेल  नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ।

      आईसीसी एकेडेमी ग्राउण्डमा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। 

      अमेरिका र यूएईसँगका सुरूवाती दुई खेलमा एकपक्षीय हार बेहोरेको नेपालले अमेरिकासँगको तेस्रो खेलमा केही सुधारिएको खेल प्रदर्शन गरे पनि जित हात पार्न सकेको थिएन । अमेरिकालाई २ सय ७२ रनको लक्ष्य दिए पनि नेपालले यो योगफललाई रक्षा गर्न सकेको थिएन । 

      अपराजित रूपमा टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्दै २०२६ मा स्थान सुरक्षित गरेको नेपालले ओडीआईमा भने कमजोर प्रदर्शन गरेको छ।

      सिरिजमा तीन खेल हारेको नेपाल सान्त्वना जितको खोजीमा हुने छ। अघिल्लो खेलमा अमेरिकासँग २ सय ४३ रनको फराकिलो हार बेहोरेको यूएईले पनि घरेलु मैदानमा कमजोर प्रदर्शन गरेको छ।  लिग–टूमा नेपाल हाल १९ खेलमा १२ अंकसहित सातौं स्थानमा छ। समान खेलमा ८ अकं जोडेको यूएई पुछारमा छ।]

        सम्बन्धित समाचारहरु