काठमाण्डौ, आजदेखि झापा महिला गोल्डकप प्रतियोगिता शुरू हुँदैछ । उद्घाटन खेल दिउँसो दुई बजे नेपाल पुलिस क्लबको महिला टोली र चर्च ब्वाइज युनाइटेडको महिला टोलीबीच हुनेछ ।
झापाको दुधे रंगशालामा कात्तिक २४ गतेसम्म चल्ने गोल्डकप यसअघि कात्तिक १५ गतेदेखि शुुरू हुने भनिएको प्रतियोगिता वर्षाका कारण दुई दिनपछि सरेको हो । आठ वटा टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाल पुलिस, चर्च ब्वाइज युनाइटेड, एपीएफ क्लब, सिङलिङ एस।सी सिक्किम, संकटा क्लब, झापा एफसी, त्रिभुवन आर्मी क्लब र आर।एस पोखरा सहभागी छन् ।








