काठमाडौं, आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। शनिबार दुबईमा भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भयो।
दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रन बनाए ।
मिलिन्द कुमारले ७० रनको योगदान दिए । बलिङमा नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव, करण केसी र गुल्सन झाले एकएक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २७१ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रहार गरे । ऐरीले सर्वाधिक ७५ रन योगदान दिए । करण केसीले ४९, कुशल भुर्तेलले ४७ र भीम सार्कीले ४३ रन योगदान दिए ।
अमेरिकाका हरमित सिंहले ३ विकेट लिए भने सौरभ नेत्रावल्कर र नोस्टुस ले समान २–२ विकेट झारे। अब नेपालले आफ्नो चौथो खेल बुधबार यूएईविरुद्ध खेल्नेछ।








