फागुन २८,२०८२ / ०६ : ३५ पूर्वान्ह / 2026-03-12 06:35 am
      • param ad
      • furniture
      • veera Incorporation

      टी–२० विश्वकप छनोटमा नेपाल र यूएई आमनेसामने

      - ३ हप्ता अगाडि
      असोज २६,२०८२

      काठमाडौं, ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा सुपर सिक्सका खेलहरू आजदेखि सुरु हुँदैछन् ।

      नेपालले आज सुपर सिक्सको आफ्नो पहिलो खेलमा परिचित विपक्षी यूएईसँग खेल्दैछ । नेपाल र यूएईबीचको खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४ः१५ बजेदेखि सुरु हुनेछ ।

      समूह चरणमा युएईले कतार र मलेसियालाई हराएर र नेपालले कुवेत र जापानलाई हराएर अपराजित रहेको थियो । नेपालले आज आइतबार यूएईलाई पराजित गर्न सकेमा बलियो सुरुवात हुनेछ ।

      यूएई र नेपाल दुवैले टेस्ट राष्ट्रलाई हराइसकेका छन् जसकारण दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

      त्यस्तै नेपालले सोमबार कतार, बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d