काठमाडौं, एसिया कप क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ ।
एसिया कप क्रिकेटको ४१ वर्ष लामो इतिहासमा पहिलोपटक भारत र पाकिस्तान फाइनलमा भिड्दैछन् । फाइनल खेल दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बेलुकी सवा ८ बजेदेखिसुरु हुनेछ ।
यसअघि समूह चरण र सुपर फोरमा गरी दुई पटक भारतले पाकिस्तानलाई पराजित गरेको छ । दुई पटक पाकिस्तानलाई सजिलै हराएको भारतलाई अब उपाधि बचाउन निकै आत्मविश्वास छ ।
यो भिडन्त भने क्रिकेटमै मात्र सीमित छैन । यसै वर्ष भारत–पाकिस्तानबीचको सैनिक तनावले खेलमा पनि असर पारेको छ । खेलाडीहरूले एकआपसमा हात नमिलाउने, मैदानमा तिक्त बोली र उत्तेजक हाउभाउ प्रदर्शन गर्ने जस्ता घटनाले विवाद बढाएको थियो ।
एशियन क्रिकेट काउन्सिलले यो दुई बिचको भिडन्तले गर्दा स्टेडियम फुल हाउस हुने अपेक्षा गरेको छ ।








