असोज ९,२०८२ / ०१ : ०६ पूर्वान्ह / 2025-09-25 01:06 am
      • param ad
      • furniture
      • veera Incorporation

      अन्तिम बलको चौका रोक्न नसक्दा नेपाल पराजित

      - ३ हप्ता अगाडि
      भाद्र १२,२०८२

      काठमाडौं, नेपालले अन्तिम बलमा चौका रोक्न नसक्दा साउथ अस्ट्रेलियासँग पराजित भएको हो । अस्ट्रेलियामा आजा बिहान भएको पहिलो अभ्यास खेलमा नेपाल साउथ अस्ट्रेलियासँग ३ विकेटले पराजित भएको छ ।

      नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा चौका प्रहार गर्दै पूरा गरेको हो ।

      टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो ।

      नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाएका थिए ।

        सम्बन्धित समाचारहरु