काठमाडौं, आजदेखि भुटानको थिम्पुमा एएफसी यू–२० महिला एसियन कप छनोट सुरु हुनलागेको छ । छनोटमा नेपालले घरेलु टोली भुटानसँग खेल्दैछ । खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ ।
केही दिनअघि भएको साफ यू२० च्याम्पियनसिपमा नेपालले भुटानलाई दुई खेलमा हराएकाले नेपालको मनोबल उच्च छ ।
मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले घरेलु टोली भुटानलाई कमजोर टिमको रुपमा समेत नलिने बताए ।
यस्तै भुटानकी प्रशिक्षक टंक माया घलेले पनि छनोट प्रतियोगिताका लागि तयार रहेको बताइन् ।








