फागुन १,२०८२ / ०७ : १० पूर्वान्ह / 2026-02-13 07:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      सावित्राले अस्ट्रेलियाको निन्जा ए लिग खेल्ने

      - ३ हप्ता अगाडि
      श्रावण २,२०८२

      काठमाडौ, नेपाल महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने भएकी छन् । उनले आगामी दुई सिजनका लागि वेलिङटन फोनिक्ससँग सम्झौता गरेकी हुन् । 

      क्लबले सावित्रा क्लब र देश दुवैका लागि उत्कृष्ट गोलकर्ता भएको र उनलाई अनुबन्ध गर्न पाउनु टोलीका लागि महत्वपूर्ण कदम भएको बताएको छ । उनले हालैको एएफसी महिला एशियन कप छनोटमा लगातार दुई खेलमा ह्याट्रिकसहित कुल ९ गोल गरेकी थिइन् । 

      वेलिङटन न्युजिल्याण्डको क्लब भएपनि अस्ट्रेलियाको निन्जा ए लिग खेल्दै आएको छ । सावित्राको आगमनलाई फोनिक्सका कार्यवाहक मुख्य प्रशिक्षक एमी शेफर्डले महत्त्वपूर्ण कदम बताउँदै स्वागत गर्न पाउँदा गर्वित भएको उल्लेख गरे । 

      उनको अनुभव, नेतृत्व र आक्रमण क्षमताले आफ्नो टोलीलाई बलियो बनाउने बिश्वास गरेका छन् ।

        सम्बन्धित समाचारहरु