माघ ६,२०८२ / ०३ : २८ पूर्वान्ह / 2026-01-20 03:28 am
      • param ad
      • furniture
      • veera Incorporation

      १२८ वर्षपछि ओलम्पिकमा फर्किँदै क्रिकेट, मिति र स्थान सार्वजनिक

      - ६ महिना अगाडि
      श्रावण १,२०८२

      काठमाडौं, विश्वको सबैभन्दा ठूलो खेलकुद मेला ओलम्पिकमा १२८ वर्षपछि क्रिकेटले पुनरागमन गर्ने पक्का भएको छ । अमेरिकाको लस एञ्जलसमा हुने २०२८ ओलम्पिक क्रिकेट खेल हुने मिति र स्थान अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सार्वजनिक गरेको हो ।

      १२८ वर्षपछि क्रिकेट दोस्रो पटक ओलम्पिकमा समावेश हुन लागेको हो । यसअघि सन् १९०० मा फ्रान्समा पहिलोपटक खेलिएको थियो, जसमा ग्रेट ब्रिटेनले स्वर्ण पदक जितेको थियो ।

      टी–२०आई फम्र्याटमा हुने क्रिकेटको पुरुष र महिला दुवैतर्फको  प्रतियोगिता २०२८ जुलाई १२ देखि जुलाई २९ सम्म सञ्चालन हुनेछन् । पदक खेल अर्थात् फाइनल महिलाको लागि जुलाई २० मा र पुरुषको लागि जुलाई २९ मा हुनेछ । प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ६–६ टोली रहनेछन् । प्रत्येक टोलीमा १५ जना खेलाडी हुने गरी ९० खेलाडीको कोटा राखिएको छ ।

      सबै खेल लस एञ्जलसबाट करिब ५० किलोमिटर टाढा रहेको पोमोना फेयरप्लेक्स मैदानमा हुनेछ । अधिकांश दिन डबल–हेडर खेलहरू हुनेछन् ।

      नेपालले भने सन् २०२८ को ओलम्पिक क्रिकेटमा खेल्ने सम्भावना कम देखिन्छ, ओलम्पिक क्रिकेटमा सहभागी टिमको संख्या सीमित भएकाले नेपालको सहभागिता कठिन देखिएको हो ।

      आयोजक अमेरिका स्वतः छनोट हुनेछ । बाँकी स्थानहरू आइसीसीको टी–२० वरियतामा आधारित छनोट वा छुट्टै छनोट प्रतियोगिताबाट भरिने सम्भावना छ ।

      नेपाल हाल आइसीसी टी २० आइ वरियतामा पुरुषतर्फ १८ औं स्थानमा छ । शीर्ष १० भित्र नपर्नाले सिधा छनोट हुने नेपालको सम्भावना न्यून छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d