काठमाडौं, यू–१६ इस्ट जोन कपका खेलाडीलाई क्यानले जनही ५० हजार दिनेभएको छ ।
नेपाल क्रिकेट संघले मलेसियामा भएको एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीलाई पुरस्कार सम्मान गर्ने भएको हो ।
टोलीका खेलाडी र अफिसियलहरुलाई जनही ५० हजारसहित सम्मान गर्ने क्यानले बताएको छ ।
जुन २० देखि जुलाई ५ सम्म मलेसियामा भएको प्रतियोगिताको फाइनलमा सिंगापुरलाई हराउँदै नेपालले उपाधि जितेको थियो ।








