फागुन १,२०८२ / ०६ : ०६ पूर्वान्ह / 2026-02-13 06:06 am
      • param ad
      • furniture
      • veera Incorporation

      टी-२० विश्वकप छनोटमा नेपाल समूह-२ मा

      - ७ महिना अगाडि
      असार २६,२०८२

      काठमाडौं, ओमनमा आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल समूह-२ मा परेको छ।

      उक्त समूहमा नेपालसहित कुवेत र जापान छन् । छनोटमा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । समूह-१ मा युएई, मलेसिया र कतार छन् । यस्तै समूह-३ मा आयोजक ओमान, पपुवान्यूगिनी र सामोआ छन्।

      तीनवटै समूहबाट शीर्ष दुईमा रहने टोली सुपर-६ मा पुग्नेछ । सुपर-६ बाट शीर्ष ३ मा पर्ने टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट खेल्नेछन् । छनोट अक्टोबर ८ देखि १७ सम्म ओमनमा हुनेछ ।

      छनोटअन्तर्गत नेपालले पहिलो खेल अक्टोबर ८ मा कुवेतसँग खेल्नेछ । दोस्रो खेल अक्टोबर १० मा जापानसँग हुनेछ ।

      समूह चरणको पूरा खेल तालिका 

      अक्टोबर ८ – ओमान भर्सेस् सामोआ

      अक्टोबर ८ – युएई भर्सेस् कतार

      अक्टोबर ८ – नेपाल भर्सेस् कुवेतअक्टोबर ९ – मलेसिया भर्सेस् कतार

      अक्टोबर ९ – कुवेत भर्सेस् जापान

      अक्टोबर ९ – पपुवा न्यूगिनी भर्सेस् सामोआअक्टोबर १० – युएई भर्सेस् मलेसिया

      अक्टोबर १० – नेपाल भर्सेस् जापान

      अक्टोबर १० – ओमान भर्सेस् पपुवा न्यूगिनी


      सुपर सिक्स चरणको खेल तालिका 

      अक्टोबर १२ – समूह ३ को पहिलो टोली भर्सेस् समूह १ को दोस्रो टोली

      अक्टोबर १२ – समूह १ को पहिलो टोली भर्सेस् समूह २ को पहिलो टोली

      अक्टोबर १२ – समूह ३ को दोस्रो टोली भर्सेस् समूह २ को दोस्रो टोलीअक्टोबर १३ – समूह ३ को पहिलो टोली भर्सेस् समूह १ को पहिलो टोली

      अक्टोबर १३ – समूह २ को पहिलो टोली भर्सेस् समूह १ को दोस्रो टोलीअक्टोबर १५ – समूह २ को दोस्रो टोली भर्सेस् समूह १ को दोस्रो टोली

      अक्टोबर १५ – समूह ३ को दोस्रो टोली भर्सेस् समूह १ को पहिलो टोली

      अक्टोबर १५ – समूह ३ को पहिलो टोली भर्सेस् समूह २ को पहिलो टोलीअक्टोबर १६ – समूह १ को पहिलो टोली भर्सेस् समूह २ को दोस्रो टोली

      अक्टोबर १६ – समूह १ को दोस्रो टोली भर्सेस् समूह ३ को दोस्रो टोलीअक्टोबर १७ – समूह २ को दोस्रो टोली भर्सेस् समूह ३ को पहिलो टोली

      अक्टोबर १७ – समूह ३ को दोस्रो टोली भर्सेस् समूह २ को पहिलो टोली

        सम्बन्धित समाचारहरु