फागुन १,२०८२ / ०६ : ०३ पूर्वान्ह / 2026-02-13 06:03 am
      • param ad
      • furniture
      • veera Incorporation

      साफ यू–१७ महिला च्याम्पियनसिप : पहिलो खेलमा नेपाल भिड्ने भारतसँग

      - ७ महिना अगाडि
      असार २५,२०८२

      काठमाडौं, भुटानको थिम्पुमा आउँदो अगस्ट साफ यू–१७ महिला च्याम्पियनसिप २०२५ हुने भएको छ । च्याम्पियनसिपको खेलतालिका पनि सार्वजनिक भएको छ।

      अगस्ट २० देखि ३१ सम्म चाङ्लिमिथाङ रंगशालामा प्रतियोगिता सञ्चालन हुने भएको छ । पहिलो खेलमा नेपालले भारतविरुद्ध र आयोजक राष्ट्र भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।

      साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टोली मात्र सहभागी छन्।

      डबल राउण्ड रोबिन लिगमा खेलिने प्रतियोगितामा सबैभन्दा धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ ।

      नेपालको खेलतालिका

      अगस्ट २० : नेपालविरुद्ध भारत

      अगस्ट २२ : नेपालविरुद्ध भुटान

      अगस्ट २४ : नेपालविरुद्ध बंगलादेश

      अगस्ट २७ : बंगलादेशविरुद्ध नेपाल

      अगस्ट २९ : भारतविरुद्ध नेपाल

      अगस्ट ३२ : भुटानविरुद्ध नेपाल

        सम्बन्धित समाचारहरु