माघ ६,२०८२ / ०२ : १८ पूर्वान्ह / 2026-01-20 02:18 am
      • param ad
      • furniture
      • veera Incorporation

      अख्तियार छानबिन नसकुन्जेल क्यानलाई काम नगर्न आदेश

      - एक हप्ता अगाडि
      असार २४,२०८२

      काठमाडौं, राष्ट्रिय खेलकुद परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी सम्बन्धमा छानबिन कार्य सम्पन्न नहुँदा सम्म नेपाल प्रिमियर लिगका कुनै पनि कार्य नगर्न क्यानलाई आदेश दिएको छ । आइतबार क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई पत्र पठाउँदै परिषदले यस्तो आदेश गरेको हो ।

      गत फागुन १२ गते अख्तियारमा दर्ता भएको उजुरीका सम्वन्धमा खेलकुद मन्त्रीले एक कार्यदल गठन गरेका थिए र सो कार्यदलले जेठ १४ गते क्यानलाई उजुरीमा उल्लेखित विषयवस्तुबारे पत्राचार गरेकोमा चित्तबुझ्दो जवाफ नआएको परिषदले जनाएको छ ।

      कार्यदलले माग गरेको वा उजुरी उल्लेखित विषयवस्तु सम्बन्धमा आवश्यक कागजात, सुचना र तथ्य प्रदान नगरेको आरोप पत्रमा लगाइएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d