काठमाडौं,नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । आज एन्फाले नेपाल र बंगलादेशलबीच दुई मैत्रीपूर्ण खेल तय भएको जनाएको छ ।
दुवै खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आउँदो भदौ २१ र २४ गते फिफा मान्यताअनुसार सञ्चालन गरिनेछ ।
नेपालले एएफसी एसियन कप छनोटको पूर्वसन्ध्यामा बंगलादेशसँग खेल्न लागेको हो । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा छ ।
समूह चरणमा नेपाल दुई खेल खेलिसक्दा पनि अंकविहीन छ । नेपाल पहिलो खेलमा मलेसियासँग ३–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा लाओससँग २–१ ले हारेको थियो ।
नेपालले अब अन्तिम खेलमा भियतनामको सामना गर्नेछ । खेल आउँदो अक्टोबर ९ मा हुनेछ ।








