फागुन १,२०८२ / ०६ : १२ पूर्वान्ह / 2026-02-13 06:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      एसीसी पुरुष यू–१६ जापानमाथि नेपालको सहज जित

      - २ हप्ता अगाडि
      असार १०,२०८२

      काठमाडौं, एसीसी पुरुष यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । 

      आइतबार सिंगापुरविरुद्ध ६ विकेटको जित निकालेको नेपालले मंगलबार आफ्नो दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको हो । मंगलबार जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४ दशमलव २ औभरमा मात्र एक विकेट गुमाउँदै सहजै पूरा ग¥यो । 

      नेपालका लागि शिवांश बजगाईंले नटआउट रहँदै सर्वाधिक ३८ रन बनाए। यस्तै प्रशिद्ध जैशीले पनि नटआउट रहँदै ३३ रन बनाए । सिंगापुरविरुद्ध पनि उनले नटआउट ५५ रन बनाएका थिए । पहिलो खेलमा आइतबार नेपालले सिंगापुरविरुद्ध ६ विकेटको सानदार जित हात पारेको थियो ।  एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ । 

      प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन्। त्यस्तै समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार रहेका छन् । नेपालले तेस्रो खेलमा आइतवार इन्डोनेसियासँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ ।

        सम्बन्धित समाचारहरु